back
CTIZAN AD

हेर्नुस् यस्तो छ, कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि

वि.सं.२०७७ साउन ८ बिहीवार

3.7K 

shares

कक्षा १२ को परीक्षामा सहभागी हुन कक्षा ११ का हरेक विषयको सैद्धान्तिकतर्फ न्यूनतम डीप्लस र प्रयोगात्मकतर्फ न्यूनतम सीग्रेड प्राप्त गर्नुपर्नेछ ।

८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ ।

यसअघि बोर्डले लिँदै आएको कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै लिने भएपछि त्यसका लागि कार्यविधि जारी गरिएको हो ।

सो कार्यविधिमा विद्यालयले आफैले मिति तय गरेर परीक्षा सञ्चालन गर्न पाउने अधिकार दिइएको छ । कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परीक्षाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित कार्यालयहरुलाई जानकारी गराउनुपर्ने स्पष्ट गरेको छ । परीक्षाका लागि प्रश्नपत्र र उत्तरकुञ्जिका पनि विद्यालय आफैले तयार गर्नुपर्ने हुन्छ । त्यसका लागि बोर्डले तोकेको मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।

त्यस्तै कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने हुन्छ । विषय छनौटको आधार पाठ्यक्रम विकास केन्द्रले तय गरेअनुसार हुने बताइएको छ ।

कक्षा ११ को मूल्याङ्कन अक्षराङ्कन पद्धतिबाट नै हुनेछ । कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो विद्यार्थीलाई सोही विषयमा कक्षा १२ मा अध्ययन गर्न दिइने व्यवस्था छ ।

विद्यार्थीको मूल्यांकन मूलतः कक्षा सहभागिता, कक्षाकार्य, परियोजना कार्य, गृहकार्य, सामुदायिक कार्य,
सह/अतिरिक्त क्रियाकलाप, प्रस्तुतीकरण, सामुहिक कार्य, लिखित तथा मौखिक इकाई/मासिक परीक्षाहरू
आदिको आधारमा गर्नुपर्ने भनिएको छ ।

आगामी वर्ष कक्षा १२ को परीक्षा वैशाख/जेठ महिनामा सञ्चालन हुने एकै दिनमा एक सिफ्ट वा एकै दिनमा दुई सिफ्टमा फरक विषय वा एक दुई सिफ्टमा एउटै विषयको परीक्षा सञ्चालन गर्न पाइनेछ । एकै दिनमा सिफ्टका आधारमा एउटै विषयको परीक्षा सञ्चालन गर्दा फरक प्रश्नपत्रबाट परीक्षा सञ्चालन गर्नुपर्ने कार्यविधिमा स्पष्ट उल्लेख छ ।

कक्षा १२ को परीक्षामा सहभागी हुन कक्षा ११ का हरेक विषयको सैद्धान्तिकतर्फ न्यूनतम डीप्लस र प्रयोगात्मकतर्फ न्यूनतम सीग्रेड प्राप्त गर्नुपर्नेछ ।

वि.सं.२०७७ साउन ८ बिहीवार २१:०९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...