back
CTIZAN AD

बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने चीनको प्रतिबद्धता

वि.सं.२०७७ साउन ९ शुक्रवार

1.3K 

shares

९ साउन, सिन्धुपाल्चोक । जिल्लामा बाढीपहिराले ठूलो जनधनको क्षति भएपछि मित्रराष्ट चीनले खाद्यान्नलगायत अन्य आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

नेपाल–चीन सीमा मितेरी पुलमा आज सम्पन्न सीमा सुरक्षा बैठकमा चीनको नेलमा कन्ट्री सरकारले बाढीपहिराबाट प्रभावितका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको हो । सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट सहभागी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाढीपहिरो प्रभावितलाई सहयोग गर्न आग्रह गरेका थिए । “हामीले केही सहयोग गर्न आग्रह गरेका छौँ”, चीनका अधिकारी सकारत्मक हुनुहुन्छ”, बैठक पछि प्रजिअ ढकालले भने ।

चीन सरकारले खाद्यान्न, टेन्ट औषधीलगायतका सामग्री प्रदान गर्ने जानकरी दिएको ढकालले बताए । चीनबाट आउने खाद्यान्नलगायत सामग्री भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका बाढी पहिरा प्रभावितका लागि वितरण गरिने उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी ढकालले भोटेकोशीका बाढी पीडितका बारेमा जानकारी लिएका छन् । उनले आफैँ पुगेर स्थलगत अनुगमनसमेत गरेका थिए । साथै उनले चीनको नेलम जिल्लाका समकक्षीसँग पनि भेटवार्ता गरेका छन् । उनले जिल्ला विपद् व्यवस्थापन समितिबाट पठाएको राहत वास्तविक पीडितले पाए कि पाएनन् भन्ने विषयमा चासो लिएका थिए । (रासस)

वि.सं.२०७७ साउन ९ शुक्रवार ०९:०४ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...