back
CTIZAN AD

अब ७० प्रतिशत हाजिर नभएका विद्यार्थीले अन्तिम परीक्षामा सहभागी हुन नपाउने

वि.सं.२०७७ साउन ९ शुक्रवार

921 

shares

९ साउन, काठमाडौं । कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थि विद्यालयले लिने अन्तिम परीक्षा सहभागी हुन नपाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण कार्यविधिले यस्तो बन्देज लगाएको हो ।

यो वर्षदेखि कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनको अधिकार सरकारले सम्बन्धित विद्यालयलाई नै दिएको छ ।

परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सहज होस् भनी राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि तयार पारेको हो ।

कार्यविधिले परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रिया समेत व्याख्या गरेको छ ।
कार्यविधिको परिच्छेद ३ ले विद्यार्थीको मूल्यांकनसम्बन्धि व्यावस्था गरेको छ । सम्बन्धित विद्यालयले कक्षा ११ को अन्तिम परीक्षा सञ्चालन गर्ने मिति र तालिका परीक्षा बोर्डको सम्बन्धित कार्यलयलाई जानकारी गराउनु पर्नेछ ।

परीक्षा सञ्चालन र मूल्यांकनका क्रममा प्रयोग भएका प्रश्नपत्र र उत्तरपुस्तिका बोर्डले तोकेको पाठ्यक्रमको ढाँचाअनुसार हुनुपर्ने छ ।
यी सामाग्री बोर्डले मागेको अवस्थामा सम्बन्धित विद्यालयले उपलब्ध गराउनुपर्ने छ । परिच्छेद ४ ले परीक्षा तथा प्रमाणीकरण समिति सम्बन्धी व्यावस्था गरेको छ ।
जसअनुसार सम्बन्धित विद्यालयका प्राचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति रहनेछ । जसमा सम्बन्धि कक्षा शिक्षक र प्राचार्य बाट मनोनिति अर्का १ जना शिक्षक सदस्य रहने व्यवस्था छ ।

कक्षा १२ को परीक्षा मा सहभागी हुन विद्यार्थीले हरेक विषयको सैद्धा्िरन्तकतर्फ डी प्लस र प्रयोगात्मक तर्फ सी ग्रेड ल्याउनु पर्नेछ । यो बर्षदेखि नै कक्षा १२ उत्तिर्ण भएको प्रमाणपत्रमा कक्षा ११ का विषय र प्राप्तांक पनि उल्लेख नहुने भएको छ । बोर्डले पहिलोपटक यस्तो व्यवस्था गर्न लागेको हो । यस पटकदेखि कक्षा ११ को परीक्षा तथा नतिजा सम्बन्धित विद्यालयले नै सार्वजानिक गर्ने व्यवस्था भएपछि बोर्डले प्रमानपत्रमा पनि नयाँ नियम लागू गर्न लागेको हो । शुक्रबारको अन्नपूर्ण पोष्ट दैनिकबाट

हेर्नुस् यस्तो छ, कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि

 

वि.सं.२०७७ साउन ९ शुक्रवार ०९:०७ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...