back
CTIZAN AD

विद्यालयको क्वारेन्टिन खाली गरिँदै

वि.सं.२०७७ साउन १० शनिवार

846 

shares

१० साउन, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ ।
पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए ।
खैरहनीमा कंकाली मावि, जनजीवन मावि, खैरहनी मावि, कठार मावि, कपिया मावि, गवै मावि, पिद्रहनी चर्च, गोठेश्वर आधारभूत विद्यालय, टुंगारा आधारभूत विद्यालय, जनएकता आधारभूत विद्यालय र सलौली आधारभूत विद्यालयमा क्वारेन्टिन बनाएको छ । डिज्नी पार्क रिसोर्टमा भने शुल्क तिरेर बस्न चाहनेका लागि क्वारेन्टिन बनाएको छ ।

क्वारेन्टिन बनाएको आधारभूत विद्यालय खरखुट्टे खाली गरिएको छ । अब बाँकी क्वारेन्टिन पनि खाली गरिँदै जाने प्रमुख चौधरीले बताए । विदेशबाट आउने र कोरोना सङ्क्रमण देखिएका जिल्लाबाट आएकालाई अब राधास्वामी सत्सङ भवन, दुर्गा मन्दिरस्थित पर्सा खानेपानीको भवनमा बनाएको क्वारेन्टिनमा राखिनेछ । खानेपानी भवनको क्वारेन्टिानमा विदेशबाट आएकाहरु बस्न शुरु गरिसकेको छन् । साउनभित्र विद्यालय सरसफाई गरेर तयारी अवस्थामा राखिने उनले बताए । “सरकारले भदौ १ गतेदेखि भर्ना शुरु गर्न निर्देशन दिइसक्यो”, प्रमुख चौधरीले भने, “पठनपाठन सुचारु गराउने गरि हामी तयारी गर्दै छौँ । राधा स्वामी सत्सङ भवनले निःशुल्क रुपमा क्वारेन्टिानलाई ठाउँ उपलब्ध गराएको छ ।”

ठाउँसँगै खानाखाजासमेत सोही संस्था उपलब्ध गराउन तयार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । सो संस्थामा मानिस बस्न शुरु गरेपछि खानेपानीको क्वारेन्टिनमा समेत उनीहरुले नै खानाको व्यवस्था गराउन इच्छुक भएको शर्माले जानकारी दिए । राधा स्वामी भवनमा ३० जना र खानेपानीको भवनमा १८ जना अट्ने क्षमताको क्वारेन्टिन बनाएको हो । डिज्नी पार्क रिसोर्ट बाहेक अन्य क्वारेन्टिनमा हाल खैरहनी नगरपालिकाले नै खानाखाजाको व्यवस्था गर्दै आएको छ । यहाँ रहेका क्वारेन्टिनमा हाल ५४ जना छन् । खैरहनीका क्वारेन्टिनमा कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ आएका २६१ जना भने घर फिर्ता भईसकेका छन् ।

वि.सं.२०७७ साउन १० शनिवार १२:०८ मा प्रकाशित

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...