back
CTIZAN AD

सात प्रदेशका विभिन्न जातजातिका १३ वटा रैथाने खाना प्रदर्शनी

वि.सं.२०७७ साउन १० शनिवार

1.2K 

shares

१० साउन, काठमाडौँ । बन्दाबन्दी खुलेसँगै पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकीय गतिविधि बढेका छन् । बन्दाबन्दीले करिब चार महिना व्यवसाय प्रायःठप्प भएकाले पुनः पर्यटनलाई चलायमान बनाउन पर्यटन व्यवसायी लागि परेका हुन् ।

बन्दाबन्दीका कारण होटल तथा रेष्टुराँ व्यवसाय बन्द रहेपछि लामो समय घरमै थन्किएका सेफले नेपाली मौलिक खाना प्रदर्शन गरेका छन् । मौलिक खानाका नयाँ स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ललितपुरको सातदोबाटोस्थित आएएचएम कलेजमा शुक्रबार खानाका परिकार प्रदर्शनी भएको हो ।
नेपाली मौलिक खानाको प्रवद्र्धन कार्यक्रममा करिब ३० जना सेफले देशका सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका १३ वटा रैथाने खानालाई तयारी गरी प्रदर्शन गरेका थिए ।

प्रदेश एकबाट राजवंशी समुदायको भक्का, शेर्पा समुदायको फाल्गी, प्रदेश २ बाट मधेशी समुदायको रैथाने खाना कटिया, राई समुदायको किनामा, वाग्मती प्रदेशबाट नेवार समुदायको चटामरी, आलु, तामा र बोडी, त्यस्तै गण्डकी प्रदेशबाट आलङ्खु र काटुङ, प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा कर्णाली प्रदेशबाट मार्सी चामलको भात र कोदोको ढिडो, सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व रहने गरी रोटा र चटनीलाई ‘प्लेटिङ’ गरेका थिए ।

लकडाउनका कारण ग्रामीण पर्यटनमा परेको प्रत्यक्ष असर र त्यसमा पनि होमस्टे व्यवसाय अझै केही समय बन्दै रहने अवस्थाका बीच सेफले मौलिक खानाको स्वादबाट उपभोक्तालाई आकर्षित गर्ने र यसले मौलिक खानाको पनि प्रदर्शन हुने आयोजकको विश्वास छ ।

आइएचएम कलेजसँगको सहकार्यमा ग्लोबल नेप्लिज सेफ फेडेरेसनको आयोजना र हस्पीटालिटी गाइड्सले व्यवस्थापन गरेको यस कार्यक्रममा तारागाउँ विकास समितिका होमस्टे प्रशिक्षक रामप्रसाद उपाध्यायले सहभागी सेफ प्रशिक्षकलाई बदलिँदो अवस्थामा होमस्टेको व्यवस्थापन र सेफले व्यवसाय प्रवद्र्धनमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का पाठ्यक्रम विकास महाशाखाका निर्देशक मिस्टरकान्त मैनालीले नेपाली सेफ प्रशिक्षक र प्रशिक्षार्थी केन्द्रित रहँदै नेपाली मौलिक खानाको विषयमा छुट्टै पाठ्यक्रम निर्माण गरिरहेको बताए । विज्ञसँग अहिले राय सल्लाह लिने, अध्ययन, छलफल गर्ने र आवश्यक सहजीकरणको कार्यलाई सिटिइभिटीले प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताए ।

त्यस्तै घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएशन अफ नेपालका अध्यक्ष केशव बडालले मौलिक खानाको प्रवद्र्धनले मात्रै होमस्टे व्यवसायलाई अहिलेको अवस्थामा उठाउन मद्दत पुग्ने बताए ।

वि.सं.२०७७ साउन १० शनिवार १२:०२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...