१२ साउन, काठमाडौँ । सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि पछि बैठक बस्ने गरेको पाईएको छ । राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसेका छन् । यसरी बोर्डले एकवर्षमा ४३ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ ।
कार्यालय समयमा सम्पन्न गर्न सकिने विषयमा पनि छुट्टै बैठक बस्दा अनावस्यक आर्थिक बोझ थपिएको छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५७ औं प्रतिवेदनमार्फत् बैठकको संख्या घटाउँदै आर्थिक मितव्ययितता अपनाउन समेत सुझाव दिएको छ ।
बोर्डले कक्षा ११ र १२ को परीक्षा सन्चालन, नतिजा प्रकाशन, परीक्षार्थीको अभिलेख सच्याउने तथा यससँग सम्बन्धीत अन्य प्राविधिक काम सन्चालन गर्दै आएको छ । कार्यालय समयमै सम्पन्न हुन सक्ने पुनर्योग, अभिलेख सच्याउने, त्रुटि समाधानजस्ता नियमित कामगर्न पनि अघि–पछि पारेर बैठक बसेको जनाइएको छ । सोमबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७७ साउन १२ सोमवार ०९:३९ मा प्रकाशित






























