back
CTIZAN AD

हरियो रंगको प्रेस ज्याकेटसँगै रारामा रमाए मुगुका पत्रकार

वि.सं.२०७७ साउन १२ सोमवार

690 

shares

१२ साउन, मुगु । नेपाल प्रेस युनियन मुगुको टिमलाई प्रेस ज्याकेट सहित मास्क सहयोग प्रदान गरिएको छ ।

नेपाल प्रेस युनियन पूर्ब केन्द्रीय सदस्य शिब लम्साल र केन्द्रीय सचिव खिम लाल कार्कीको पहलमा मुगुका एक दर्जन भन्दा बढी प्रेस युनियन टिमलाई हरियो रंगको प्रेस ज्याकेट र मास्क उपलब्ध गराएका छन् ।

आइतबार मुगु प्रेस यूनियन टिम रारामा पुगेर तालको किनारमा एक कार्यक्रम बीच प्रेस युनियनमा आबद्ध संचारकर्मीलाई ज्याकेट माक्स हस्तान्तरण गरिएको हो ।

प्रेस युनियनका मुगुका अध्यक्ष बिनोद कुमार मल्लले कोभिड-१९ लाई लक्षित गरि सुरक्षाको निम्ति ज्याकेट मास्क उपलब्ध गराउने शिब लम्साल र खिमलाल कार्कीलाई धन्यबाद दिएका छन् ।

प्रेस ज्याकेटले गर्दा मुगुका प्रेस युनियन टिमलाई जोखिम अबस्थामा समाचार संकलन गर्न सहज भएको उनको भनाई छ । कोरोना महामारीको अबस्था सम्झीने जुनसुकै निकाय ब्यक्तिलाई कहिल्यै भुल्न नसकीने नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको भनाई छ ।

एक महिना अघि फोटो पत्रकार महासंघ मुगुका संचारकर्मीलाई प्रेस ज्याकेट उपलब्ध गराएको र फेरि मुगुका प्रेस युनियनको टिमलाई युनियनका पूर्ब केन्द्रीय सदस्य शिब लम्साल केन्द्रीय सचिव खिमलाल कार्की प्रेस ज्याकेट उपलब्ध गराएको उनको भनाई छ ।

ज्याकेट र सुरक्षा समाग्री दिने निकाय र ब्यक्तिलाई महासंघका अध्यक्ष मल्लले बधाई दिएका छन् । आइतबार प्रेस युनियनको टिम रारामा रमाएको थियो ।

प्रेस युनियनको ज्याकेट लगाएर तालको डिलमा फेल्सी खिच्दै, सामुहिक फोटो खिच्दै रमाइलो गरेको छ । सबैले प्रेस ज्याकेट लगाएर रारा तालको डिलमा सामुहिक फोटो खिच्दा सारै आनन्द महसुुस भएको बरिष्ठ फोटो पत्रकार कबिराज कार्कीले बताए । रारा ताल वरिपरीको हरियालीसंगै सप्तरंगी फूल फुलेर रमाइलो देखिएको छ ।

वि.सं.२०७७ साउन १२ सोमवार १०:१२ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...