१२ साउन, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गईरहेको छ । आइतबार विश्वभरमा १ लाख ३५ हजार भन्दा बढि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।
आइतबार विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १ लाख ३५ हजार ३० रहेको थियो । यससँगै विश्वभरमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ करोड ४८ हजार ५२ पुगेको छ ।
त्यसैगरी आइतबार नै विश्वभरमा २ लाख २१ हजार २ सय ६० कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने कोरोना संक्रमणबाट ४ हजार ३ सय ३ जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ कारोड ६४ लाख २० हजार २ सय ८९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेकोे संख्या ६ लाख ५२ हजार २ सय ५६ रहेको छ ।
वि.सं.२०७७ साउन १२ सोमवार १०:२८ मा प्रकाशित





























