back
CTIZAN AD

गुन्जी, कालापानी र लिम्पियाधुरामा नेपालीलाई प्रवेश रोक्न भन्दै भारतले नेपाललाई पठायो यस्तो पत्र

वि.सं.२०७७ साउन १२ सोमवार

843 

shares

१२ साउन, काठमाडौँ । भारतले गुन्जी, कालापानी र लिम्पियाधुराआफ्नो क्षेत्र भन्दै सो क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गरेको छ। नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई एक पत्र पठाउँदै भारतको धार्चुला प्रशासनले यस्तो आग्रह गरेको हो ।

‘पत्रमा विशेष सुत्रका अनुसार विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासन जिल्ला प्रशासन कार्यालयका उपजिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रमा उल्लेख छ ।

उसले यदि यस्तो यस्तो कुनै सूचना आए जानकारी गराउन पनि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ।

गुन्जी, कालापानी, लिम्पियाधुरा नेपालको भूमि भएपनि भारतले आफ्नो भूमि दाबी गर्दै आएको छ । भारतले यी भूमिलाई आफ्नो नक्सामा पारेर नयाँ राजनीतिक तथा प्र्रशासनिक नक्सा जारी मात्र गरेन भारतले नेपाली भूमि प्रयोग गरेर मानसरोवर जाने बाटो समेत बनाएको छ । यसपछि दुई देशबीच सीमा विवाद चर्किदै गएको अवस्थामा नेपालले पनि गत जेठ महिनामा यी भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ । नेपालले दुई देशबीच देखिएको सिमा विवादबारे छलफल गर्न भारतलाई पटक पटक पत्र पठाउँदा पनि वास्ता गरेको छैन ।

वि.सं.२०७७ साउन १२ सोमवार १२:१९ मा प्रकाशित

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...