काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र बंगालादेशी प्रधानमन्त्री शेख हसीनाबीच फोन वार्ता भएको छ । द्विपक्षीय सम्बन्धलाई मजबुद गराउने गरि खान र शेखबीच वार्ता भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । वार्तामा कोरोना महामारीले निम्त्याएको संकटमा सहकार्य गर्नेबारे छलफल भएको थियो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार दुई नेताबीचको वार्तामा द्विपक्षीय सम्बन्धसहित क्षेत्रिीय विषयमा पनि गम्भिर छलफल भएको थियो । जनाइएअनुसार छलफलमा दुवै देशले भारतको पछिल्लो रवैयाप्रति आ–आफ्ना भनाई राखेका थिए ।
दुई नेताबीचको छलफलमा क्षेत्रिय सहयोग संगठन सार्कलाई अघि बढाउने विषयमा छलफल भएको उल्लेख छ ।
यसअघि पनि दुई नेताबीच द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको थियो । कोरोना महामारीले निम्त्याएको संकट र भारतको व्यवहारप्रति दुई नेताले चर्चा गरेको विषय बाहिर आएको थियो ।
दुई छिमेकीको वार्तामा भारतले भने निकै चाँसो दिएर हेरेको छ । सबै छिमेकीसँग सम्बन्ध विग्रिएको भारतले घेराबन्दीमा परिने त्रास पनि पालेको मिडिया विश्लेषण छ । यसअघिको दुई नेताको वार्तालाई पनि भारतले निकै चाँसोपूर्वक हेरेको थियो । एजेन्सीबाट
वि.सं.२०७७ साउन १२ सोमवार १२:४४ मा प्रकाशित



























