१३ साउन, काठमाण्डौं । सरकारले काठमाण्डौं उपत्यका छिर्ने तीनवटा नाकामा यात्रुहरुको पिसीआर परीक्षण सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ बजेसम्ममा फर्पिङ नाकाबाट ९५५, थानकोट नागढुंगा नाकाबाट २,९१४,साँगा नाकाबाट ९४४ गरी जम्मा ४,८१३ जना यात्रुबाट कोरोना संक्रमण भए नभएको परीक्षणका लागि श्वाव संकलन गरिएको छ ।
मन्त्रालयले त्यसको रिर्पोट प्राप्त भएपछि अविलम्ब जानकारी गराइने समेत जानकारी दिएको छ ।
वि.सं.२०७७ साउन १३ मंगलवार १७:४२ मा प्रकाशित






























