back
CTIZAN AD

नारायणकाजीद्वारा पार्टी कुनै पनि हालतमा नफुट्ने स्पष्टोक्ति

वि.सं.२०७७ साउन १४ बुधवार

696 

shares

१४ साउन, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पार्टी नफुट्ने बताएका छन् ।

मंगलबार बिहान ११ बजेको स्थायी समितिको बैठक अचानक पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा स्थगित गरिएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक अगाडि बढाएपछि पार्टी विग्रहमा पुग्ने चिन्ता र निराशाका टिप्पणी बढीरहेका बेला प्रवक्ता श्रेष्ठले सो स्पष्ट पारेका हुन् ।
पार्टीको स्थायी कमिटीको बैठक सम्बन्धी विवादलाई लिएर पार्टीमा ठूलै बिग्रह वा फुट विभाजन हुने भयो भनेर सोच्नु पर्ने आवश्यकता नरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले भनेका छन् ‘’‪हाम्रो पार्टीको स्थायी कमिटीको आजको बैठक सम्बन्धी विवादलाई अतिरञ्जित गरेर नबुझौं। यो बिधिको बिषय हो। पार्टीमा ठुलै बिग्रह वा फुट बिभाजन हुने भयो भनेर सोच्नुपर्ने आवश्यकता छैन।’

फेरि पनि दुई अध्यक्ष र हामी छलफल गरेर बैठक सुचारु गर्छौं र संकटको निकासको दिशामा अघि बढ्ने र सिधा, खुला र स्पष्ट छलफलद्वारा सहमतिमा पुग्ने प्रयत्न जारी रहने उनले स्पष्ट पारेका छन् ।

ठूलो मेहनत गरेर र महान् क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु हुँदैन, फुट्न दिईदैन र फुट्दैन भन्ने प्रबिद्धता व्यक्त गर्दै उनले सबैलाई शान्त रहन र विवेक प्रयोग गरी यसमा सहयोग गर्न सबै पार्टी नेतृत्व तथा कार्यकर्ता पंक्तिलाई आह्वानसमेत गरेका छन् ।

वि.सं.२०७७ साउन १४ बुधवार ०८:२६ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...