back
CTIZAN AD

यस्तो छ आजको मौसमको अवस्था, आज यी ४ प्रदेशमा भारी वर्षा हुने सम्भावना

वि.सं.२०७७ साउन १४ बुधवार

708 

shares

१४ साउन, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज यी ४ प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताएको छ ।

महाशाखाले बुधबार बिहान जारी गरेको सूचनामा देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

‘ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

महाशाखाका अनुसार यस्तो छ तीन दिनको मौसम पूर्वानुमान 

साउन १ गते (बुधबार)

दिउँसोः  देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन/ चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन/ चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी,  प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी, प्रदेश ५ र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

साउन १ गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी, प्रदेश ५, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

वि.सं.२०७७ साउन १४ बुधवार ०८:५६ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...