१४ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ लाख ३२ हजार १ सय ३५ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ हजार २ सय २४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४९ हजार ६ सय ४२ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ७ सय ७६ जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ६८ लाख २ ९३ हजार ५ सय ३० पुगेको छ भने ६ लाख ६३ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ
वि.सं.२०७७ साउन १४ बुधवार ०९:२१ मा प्रकाशित






























