१४ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार ( साउन १४ गते ,जुलाई २९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रिदर १२० रुपैयाँ ४ पैसा रहेको छ । निरन्तर घटिरहेको डलरको भाउ सोमबारकै भाउमा कारोबार भइरहेको छ । डलरको भाउ आइतबारदेखि निरन्तर एउटै दरमा कारोबार भइरहेको छ ।
त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ १९ पैसा र विक्रिदर १४० रुपैयाँ ९० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ८८ पैसा र बिक्रिदर १५४ रुपैयाँ ६५ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको भाउ
हेर्नुहोस् यस्तो छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर
वि.सं.२०७७ साउन १४ बुधवार ०८:२३ मा प्रकाशित






























