back
CTIZAN AD

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपा केन्द्रीय कार्यालयमा १ सय ५२ को हस्ताक्षर पत्र

वि.सं.२०७७ साउन १४ बुधवार

882 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठकको माग गर्दै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हस्ताक्षर पत्र बुझाएका छन् ।

१ सय ५२ जना केन्द्रीय सदस्यको हस्ताक्षर पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुझाइएको केन्द्रीय सदस्य ठाकुर गैह्रैले संसार न्यूजलाई जानकारी दिए । उनका अनुसार पार्टी विवाद गम्भीर अवस्थातर्फ पुगेकोले केन्द्रीय समिति बैठकको माग गरिएको हो ।

‘स्थायी समितिको बैठक चलिरहेको छ, स्थायी समितिबाट विवाद समाधान भए राम्रो’ संसार न्यूजसँग कुरा गर्दै गैह्रेले भने, ‘केन्द्रीय केन्द्रीय कमिटीको बैठक आयोजना नहुने तर माथि नेताहरुको बीचमा संवाद भईराख्ने अनि त्यहाँ सहमती नहुने, केन्द्रीय कमिटीलाई थाहै नभईकन पार्टी विभाजनको दिशातर्फ जाने कुरा गर्न पाईँदैन्, त्यसकारण केन्द्रीय कमिटीको बैठक पार्टी एकताको पक्षमा तत्काल बोलाउन हाम्रो माग हो ।’

हस्ताक्षर पत्र यसअघि नै केन्द्रीय सदस्यहरुले तयार गरेका थिए । पार्टी विवाद स्थायी समिति बैठकबाट समाधान नभए केन्द्रीय कमिटीको बैठकको माग गर्ने नेताहरुको योजना थियो ।

यसअघि तय भएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी स्थगन गरेसँगै मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत स्थायी सदस्यहरुको उपस्थितिमा चलाएका थिए । प्रचण्डले बैठक चलाएसँगै पार्टीभित्र विवाद झनै उत्कर्षमा पुगेको केन्द्रीय नेताहरुको ठम्माई छ ।

नेकपाको विधानअनुसार एक चौथाई सदस्यले बैठकको माग गरेपछि बैठक ३० दिनभित्र अनिवार्य बोलाउनुपर्छ भने विधानअनुसार नै नियमित बैठक पनि ६/६ महिनामा बोलाउनु पर्ने बाध्यकारी व्यवस्था छ । यसअघि नेकपा केन्द्रीय समितिको दोस्रो पूर्णं बैठक ०७६ माघमा भएको थियो ।

letter 111

letter 222 1

वि.सं.२०७७ साउन १४ बुधवार १७:५० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...