back

हुन्डीको कारोबार गर्ने चिनियाँ पक्राउ

वि.सं.२०७३ पुस १६ शनिवार

528 

shares

१६ पुस, काठमाडौँ। हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चिनियाँ झाव युलाई शुक्रबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले होटलमा जाँच गर्ने क्रममा होटल डिङ हुहाङ डिङ वानको कोठा नं ३०२ बाट रु ८४ लाखसहित उनलाई पक्राउ गरेको हो । उनका साथमा राजीव गौतमका नाममा रहेको एनसिसी बैंकको रकम रु ११ लाख ७६ हजारको चेकसमेत प्रहरीले बरामद भएको छ । गौतमसमेत पक्राउ परेका छन् ।

ठमेल इलाकामा रहेका होटलमा अवैध मुद्राको कारोबार भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको महानगरीय प्रहरी परिसर, काठमाडौँका निमित्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो । सो रकम हुन्डी कारोबारका लागि प्रयोग भएको आशङ्कामा प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको जनाइएको छ । रासस

वि.सं.२०७३ पुस १६ शनिवार ०३:५१ मा प्रकाशित

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का...

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा...

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

नेवाःसंस्कृतिको पुस्तान्तरण गर्न यःमरी उत्सव गरिँदै

नेवाःसंस्कृतिको पुस्तान्तरण गर्न यःमरी उत्सव गरिँदै

गण्डकी । लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा...

दुप्चेश्वरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा

दुप्चेश्वरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा

त्रिशूली (नुवाकोट) । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव...

सडकबाट करिब १२ किलो गाँजा बरामद

सडकबाट करिब १२ किलो गाँजा बरामद

सुनसरी । सडकबाट करिब १२ किलो गाँजा प्रहरीले बरामद गरेको...