back
CTIZAN AD

ओली र प्रचण्डबीच तीन घण्टा लामो छलफल, तर जुटेन सहमती

वि.सं.२०७७ साउन १८ आइतवार

768 

shares

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानको लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकिएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टासम्म चलेको थियो ।

आजको छलफलमा कुनै सहमती बन्न नसकेको नेकपा स्रोतले जनाएको छ । जनाइएअनुसार आजको छलफलमा नेताहरुले छलफललाई निरन्तरता दिने सहमती भने गरेका छन् । अध्यक्षद्वयबीच भोली पुनः छलफल हुनसक्ने स्रोतले जनाएको छ ।

आइतबारको छलफलमा अध्यक्षद्वयसँगै पार्टी वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेमाङ्गको पनि सहभागीता थियो ।

गत मंगलबार प्रधानमन्त्री ओलीले एकल रुपमा स्थायी समिति बैठक स्थगित गरेसँगै अर्का अध्यक्ष प्रचण्डले बैठकलाई निरन्तरता दिएका थिए । त्यसयता पार्टीभित्रको विवाद झनै चुलिन पुगेको थियो । पार्टीभित्रको विवाद चुलिँदै जाँदा अध्यक्षद्वयबीच समेत संवाद हुन सकेको थिए ।

विवाद चुलिँदै गएको बेला पार्टी महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेले अध्यक्षद्वयबीच संवादको पहल गरेका थिए । बिहिबार र शुक्रबार उनीहरुले दुवै अध्यक्षसँग छलफल गरेका थिए ।

गत असार १० देखि सुरु स्थायी समिति बैठकका बीच बहुमत स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेसँगै नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । यसबीच पार्टी विवादकै कारण स्थायी समिति बैठक पनि पटक–पटक स्थगित हुँदै आएको छ भने शीर्ष नेताहरुको संवाद पनि निष्कर्ष विहिन बन्दै गईरहेको छ ।

सम्बन्धित समाचार

बालुवाटारमा ओली, प्रचण्ड र खनालबीच छलफल, सहमती खोज्ने प्रयास हुँदै

वि.सं.२०७७ साउन १८ आइतवार १४:२८ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...