back
CTIZAN AD

बालुवाटारमा ओली, प्रचण्ड र खनालबीच छलफल, सहमती खोज्ने प्रयास हुँदै

वि.सं.२०७७ साउन १८ आइतवार

741 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल भईरहेको छ । नेकपा स्रोतले जनाएअनुसार बालुवाटार छलफलमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालको सहभागीता छ ।

पार्टीभित्रको आन्तरिक विवादबारे निकास खोज्न नेताहरुबीच बिहान १० बजेदेखि छलफल भईरहेको छ ।

गत मंगलबार तय भएको स्थायी कमिटीको बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी स्थगित गरेसँगै अर्का अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए । सहमतीमा बैठकहरु बसाल्दै आइरहेको परिस्थितिमा एकले स्थगन र अर्कोले सञ्चालन गरेसँगै आन्तरिक विवाद चुलिँदै गएको थियो । अध्यक्षद्वयबीच त्यसयता संवादसमेत हुन सकेको थिएन ।

ओली–प्रचण्डबीच संवाद गराउन पूर्वमाओवादीका नेताहरु र पार्टी महासचिव विष्णु पौडेलले सक्रिय भूमिका खेलेका थिए । बिहिबार र शुक्रबार महासचिव पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेले दुई नेताहरुलाई भेटेर निकास खोज्नको लागि सहजीकरण गरेका थिए ।

असार १० देखि सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएसँगै नेकपामा विवाद चर्किएको थियो । विवादकै कारण स्थायी समिति बैठकसमेत पटक–पटक स्थगित हुँदै आएको छ ।

वि.सं.२०७७ साउन १८ आइतवार ११:५१ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...