back
CTIZAN AD

कोरोना संक्रमणका कारण भारतमा एक मन्त्रीको निधन

वि.सं.२०७७ साउन १८ आइतवार

717 

shares

काठमाडौं । भारतको उत्तर प्रदेशकी प्राविधिक शिक्षा मन्त्री कमलरानी वरुणको निधन भएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनको निधन कोरोना संक्रमणका कारण भएको हो ।

गत जुलाई १८ मा मन्त्री कमलरानीको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखिएसँगै उनलाई वरुण लखनऊस्थीत संजय गान्धी अस्पतालमा भर्ना गरिएको थियो ।

कमलरानी घाटमपुरको कानपुर नगरबाट विधायकमा निर्वाचित भएकी थिइन् । यसअघि उनी २ पटक सांसद भईसकेकी थिइन् ।

उनको निधनसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो अयोध्या भ्रमण रद्द गरेका छन् ।

मन्त्री कमलारानी पहिलेदेखि नै मधुमेह, उच्चरक्तचाप र थाइराइडको समस्यामा थिइन् । कोरोना संक्रमण देखिएसँगै उनलाई श्वासप्रश्वासमा समस्यामा भएको थियो ।

कोरोना संक्रमण देखिएको केहि दिनसम्म अवस्था सामान्य भएपनि गत तीन दिनदेखि अवस्था अति कमजोर भएको थियो । उनलाई शनिबारदेखि विशेष भेन्टिलेटरमा राखिएको थियो ।

वि.सं.२०७७ साउन १८ आइतवार १२:१४ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...