१८ साउन, काठमाण्डौं । नेपालमा आज १११ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १११ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज १११ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजार ६०६ पुगेको छ ।
यस्तो छ निको हुनेको प्रदेश विवरण
प्रदेश १ मा ८५८ जना, प्रदेश २ मा ३१६४ जना, बाग्मति प्रदेशमा ५३४ जना, गण्डकी प्रदेशमा १३०६ जना, प्रदेश नं ५ मा ३९७३ जना, कर्णाली प्रदेशमा १,७२२ जना र सुदूरपश्चिम प्रदेशमा ३४६ गरी जम्मा १४ हजार ६०३ जना निको भएर घर फर्किएका हुन् ।
नेपालमा आज ९३ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १४,४९२ पुग्यो
वि.सं.२०७७ साउन १८ आइतवार १७:४१ मा प्रकाशित






























