१८ साउन । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सका चालक दल ड्रयागन क्याप्सल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन(आईएसएस) बाट पृथ्वीको लागि प्रस्थान गरेका छन् ।
And they are off! @AstroBehnken and @Astro_Doug have left the @Space_Station!
?️62 days on board
?~1024 Earth orbits
?Saw 1 visiting vehicle leave & 1 arrive
?~114 hours of research
?? 4 spacewalks for @AstroBehnken with @Astro_SEAL?Tune in @ https://t.co/0tGwqaAWLt pic.twitter.com/mLf43S4QTP
— Johnson Space Center (@NASA_Johnson) August 2, 2020
नासाले भिडियो सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो । भिडियोमा स्पेस एक्स आईएसएसबाट बाहिर निस्किरहेको छ । फ्लोरिडामा चक्रवातको चेतावनी हुँदाहुँदै पनि यसले नेपाली समय अनुसार आज बिहान ५.१५ बजे आईएसएस छाडेको छ भने रातको १२.१५ बजेतिर पृथ्वीमा आइपुग्ने अपेक्षा गरिएको छ।

यसबाट दुई अमेरिकी अन्तरिक्ष यात्री रोबर्ट बेन्केन र डग्लस हर्लीको 63 दिन पछि पृथ्वीमा फर्कने छन्। दुबै अन्तरिक्ष यात्री एक अमेरिकी झण्डाको साथ फर्कनेछन्, जुन ९ बर्ष पहिले अन्तरिक्षमा पठाइएको थियो।
द्धछ वर्ष पछि एक अमेरिकी अन्तरिक्ष यान समुद्रको सतहमा अवतरण हुनेछ। यसलाई अन्तरिक्ष वैज्ञानिकहरूको भाषामा स्प्लेश ल्यान्डिंग भनिन्छ। पहिले यो 24 जुलाई 1975 मा अपोलो सोयुज परीक्षण परियोजना अन्तर्गत गरिएको थियो। यो अन्तरिक्ष मिशन अमेरिका र सोभियत संघ एक साथ मिलेर शुरू गरेका थिए ।
वि.सं.२०७७ साउन १८ आइतवार १७:५४ मा प्रकाशित





























