१८ साउन, काठमाण्डौं । पछिल्लो समय पर्सामा बढ्दै गएको कोरोना संक्रमण र रोकथामका लागि काठमाण्डौबाट टोली खटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ वाट प्रभावित जनकपुर र वीरगन्जमा आवस्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टिम विरगन्ज पठाइएको हो ।
मन्त्रालयका अनुसार उक्त टिमले विरगन्ज पुगेर काम सुरु गरिसकेको छ भने अन्य प्रभावित स्थानमा पनि उच्चस्तरीय टोली परिचालन गरिने तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी मन्त्रालयले ६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।
जनकपुरमा निशेधाज्ञा जारी
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जनकपुरमा निशेधाज्ञा जारी गरिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि जनकपुर उपमहानगरपालिकाले सोमबार राति देखि लागू हुने गरी निशेधाज्ञा जारी गरेको हो ।
आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार १२ बजेदेखि लागूहुने गरी एकसाता सम्मका लागि निशेधाज्ञा जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।
वि.सं.२०७७ साउन १८ आइतवार १८:२३ मा प्रकाशित






























