१८ श्रावण, काठमाडौं । नबिल बैंक पूनः नेपालको ‘उत्कृष्ट बैंक’ घोषित भएको छ । यो घोषणा बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले गरेको हो । यस अघि गत बर्ष पनि पनि सो पत्रिकाले नबिल बैंकलाई नेपालको ‘उत्कृष्ट बैंक’द्वारा पुरस्कृत गरेको थियो ।
समकालीन बैंकहरु मध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको सो पत्रिकाले जानाएको छ । त्यसकै आधारमा नेपालको अग्रणी बैंकको रुपमा रहेको नबिल बैंकलाई समग्र बैकिङ कार्यसम्पादन मूल्याङ्कन गरि उत्कृष्ट ठहर्याउँदै यूरोमनीले पुरस्कृत गरेको हो ।
सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा लिने गन्छि । ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गरिंदै आएको छ ।
सन् १९८४ देखि नै समायनुकुल सेवाप्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् । नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा कामगर्दै आएको छ ।
वि.सं.२०७७ साउन १८ आइतवार १८:२१ मा प्रकाशित






























