back
CTIZAN AD

नेपालमा आजसम्मको कोरोना अपडेटः २०,३३२ संक्रमित, १४,६०६ जना निको, मृतकको संख्या ५७ पुग्यो

वि.सं.२०७७ साउन १८ आइतवार

720 

shares

१८ साउन, काठमाण्डौं । नेपालमा आइतबार (१८ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ९१ हजार २७० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,८६१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,६७२ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १०,९३४ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
आज थपिएका २४६ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ भने आज निको भएर १११ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १४ हजार ६०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज एकजनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

आज २४६ जनामा कोरोना संक्रमण
नेपालमा आज २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी पर्सामा ७८ जना, धनुषामा ३५, काठमाण्डौंमा २२, मोरङमा १६ डोटीमा १२, सुनसरीमा १२, कैलालीका १० र बर्दियामा १० जना रहेका छन् । साथै आज उपत्यकामा ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित थपिएका छन् ।

आज काठमाण्डौं उपत्यकाका ३१ सहित २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,३३२ पुग्यो

त्यस्तै स्याङजामा ८, महोत्तरीमा ५, कास्कीमा ५, नवलपरासीपूर्वमा ३, लम्जुङमा ३ जना र तनहुँ, रौतहट, सर्लाही र बझाङमा २÷२ जना थपिएका छन् ।

त्यसैगरी चितवन, दार्चुला, गोर्खा, सिन्धुली, बाग्लुङ, र रुपन्देहीमा १\१ जना गरी आज जम्मा २४६ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका २४६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २० हजार ३३२ पुगेको छ ।

 आज १११ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज
नेपालमा आज १११ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १११ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।  आज १११ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजार ६०६ पुगेको छ ।

यस्तो छ निको हुनेको प्रदेश संख्या
प्रदेश १ मा ८५८ जना, प्रदेश २ मा ३१६४ जना, बाग्मति प्रदेशमा ५३४ जना, गण्डकी प्रदेशमा १३०६ जना, प्रदेश नं ५ मा ३९७३ जना, कर्णाली प्रदेशमा १,७२२ जना र सुदूरपश्चिम प्रदेशमा ३४६ गरी जम्मा १४ हजार ६०३ जना निको भएर घर फर्किएका हुन् ।

त्यसैगरी हाल ५ सय भन्दा बढी संक्रमित उपचार गराईरहेका जिल्लामा रौतहट र कैलाली रहेका छन् भने संक्रमित शून्य भएका ५ जिल्लामा भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमति उपचाररत छन् त ?
प्रदेश १ मा २५१, प्रदेश २ मा २१७५ बाग्मति प्रदेशमा ६०६, गण्डकी प्रदेशमा २८७, प्रदेश नं ५ मा ३९६, कर्णाली प्रदेशमा २९३ र सुदूरपश्चिम प्रदेशमा १६६४ जना विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत छन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १२०५, प्रदेश २ मा १४९४, बाग्मति प्रदेशमा ७६९, गण्डकी प्रदेशमा २८६०, प्रदेश नं ५ मा १४२२ कर्णाली प्रदेशमा ४६८ र सुदूरपश्चिम प्रदेशमा २७१६ जना देशैभरीका विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु
नेपालमा आज कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि हुनेमा पर्सा जिल्लाको विरगन्ज महानगरपालिका १६ मा बस्ने ६८ वर्षीया महिला रहेकी छन् ।

कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

उनको शनिबार (साउन १७ गते) मृत्यु भएको हो । ज्वरो, खोकी तथा श्वास प्रश्वास समस्या भएर साउन १४ गते नारायणी वयोधा अस्पताल वीरगन्जको आइसीयुमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा अस्पताल नपुग्दै बाटोमै उनको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

उनी मधुमेह र उच्च रक्तचापको विरामी रहेको पनि बताइएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

पर्सा र जनकपुरमा उच्चस्तरीय टोली खटियो
पछिल्लो समय पर्सा र जनकपुरमा बढ्दै गएको कोरोना संक्रमण र रोकथामका लागि काठमाण्डौबाट टोली खटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ वाट प्रभावित जनकपुर र वीरगन्जमा आवस्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टिम विरगन्ज पठाइएको हो ।

मन्त्रालयका अनुसार उक्त टिमले विरगन्ज पुगेर काम सुरु गरिसकेको छ भने अन्य प्रभावित स्थानमा पनि उच्चस्तरीय टोली परिचालन गरिने तयारी भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी मन्त्र ालयले ६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।
जनकपुरमा निशेधाज्ञा जारी

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जनकपुरमा निशेधाज्ञा जारी गरिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि जनकपुर उपमहानगरपालिकाले सोमबार राति देखि लागू हुने गरी निशेधाज्ञा जारी गरेको हो ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार १२ बजेदेखि लागूहुने गरी एकसाता सम्मका लागि निशेधाज्ञा जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

यस्तो छ नेपालमा साउन १७ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन १८ आइतवार १८:४४ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...