back
CTIZAN AD

कुलबिर थापाको शालिक निर्माणार्थ गोर्खा नम्वरी सस्था ईन्टेक १/१९७९ बाट चेक हस्तान्तरण

वि.सं.२०७७ साउन १८ आइतवार

807 

shares

२ अगष्ट,फान्ब्रो, युके । ग्रेटर रशमोर नेपाली कम्युनिटीको बिशेष प्रोजेक्ट अन्तर्गत बेलायतमा बन्न लागेको प्रथम भि सि बिजेता हवल्दार कुलबिर थापाको शालिक निर्माणार्थ बिभिन्न नेपाली समूदायले ऐक्यबद्धता जनाउँदै सहयोग गरिरहेका छन् ।

बेलायतको एक सामुहिक ऐतिहासिक कार्यमा यसरी ऐक्यबद्धता जनाउदै नेपाली समुदायहरूले आफ्नो सस्थाले सहयोग गर्ने क्रममा १ अगष्ट २०२० को दिन गोर्खा नम्वरी सस्था ईन्टेक १/१९७९ ले रक़म १ हजार ९ सय ७९ पाउण्ड ०१ पेनी युके पाउण्ड चेक हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष ले.रि. कृष्ण थापा सस्थाका सचिव अशोक राई साथै सदस्यहरू : रामधन राई,चन्द्र बहादुर राहादी, गोपा गुरुङ, दल घलेको उपस्थितिमाआफ्नो सस्थाबाट संकलित रक़मको चेक जि.आर.एन.सि (ग्रेटर रशमोर नेपाली कम्युनिटी) का अध्यक्ष राम धन राई साथै जि.एम.पी.प्रोजेक्ट संयोजक मेजर खिम गौचन र संयूक्त रुपमा प्रोजेक्टका जि.आर.एन.सी कोषाध्यक्ष टोप पल्ली, प्रवक्ता तथा जि.आर.एन.सी सल्लाहकारहरू, प्रोजेक्टका सहसंयोजक सेर सुनार, सहकोषअध्यक्ष के. रि ताम ढेगा, प्रवक्ता तथा जि.आर.एन.सी पुर्वअध्यक्ष ओम थापा काउचाको सहभागितामा अल्डसट प्रिनचेन्स गार्डनमा हस्तान्तरण गरेका हुन् ।

ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष राम धनराईले ईन्टेक १९७९ लाई धन्यवाद व्यक्त गरेका थिए भने प्रोजेक्टका सयोजक मे.रि खिम गौचनले प्रोजेक्टको निम्ती आजसम्मको प्रगती विवरण साथै प्रोजेक्टले आउँदा दिनमा सम्पन गर्ने कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । साथै उनले सामुदायिक परियोजना भएको हुँदा सबैको सल्लाह, सुझाव र सहयोगको अपेक्षा व्यक्त गरिएको भनाइ राखेका थिए ।

ईन्टेक १९७९ का अध्यक्षले यस ऐतिहासिक प्रोजेक्टमा सहभागी हुने अवसर प्राप्त भएको प्रोजेक्टका संयोजक साथै टिमलाई धन्यबाद दिदै प्रोजेक्टको सफलताको कामना व्यक्त गरेका थिए ।

बिद्यमान कोरोना भाइरस संक्रमणमा अपनाइनुपर्ने सरकारको नितिलाई मध्यनजर गर्दै सामाजिक दूरिलाई बिशेष ध्यान दिदै कार्यक्रम सम्पन भएको परियोजनाका प्रवक्ता ओम थापा काउचाले जानकारी दिए ।

वि.सं.२०७७ साउन १८ आइतवार १९:४४ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...