back
CTIZAN AD

पर्सा जिल्लाभर १९ साउनदेखि निषेधाज्ञा, सबै सीमा नाकाहरुबाट आवागमनमा निषेध

वि.सं.२०७७ साउन १८ आइतवार

672 

shares

१८ साउन, वीरगञ्ज। साउन १० गतेदेखि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका लागि जारी गरिएको निषेधाज्ञा १९ साउनदेखि जिल्लाभरका लागि जारी गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा साउन १७ गते शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्ज महानगरपालिकाभित्र रहेको निषेधाज्ञा साउन १९ गतेदेखि जारी गर्ने निर्णय गरेको हो ।

पछिल्लो परिस्थितिको विश्लेषण गर्दै कोरोना भाइरस सङ्क्रमण व्यापक रुपमा फैलिन थालेपछि र सङ्क्रमितको व्यवस्थापनमा समस्या भएपछि अर्को सूचना नभइञ्जेलका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको जिल्ला प्रशासन कार्याल्य पर्साले जनाएको छ ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

जिप्रका पर्साले सूचना जारी गरी निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरुलाई घरबाहिर ननिस्कन भनेको छ ।
शान्ति, सुरक्षा, सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, ड्राईपोर्ट, बैङ्क (भन्सार, आईसीपी, ड्राइपोर्टमा रहेकामात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग र व्यवसाय बन्द गरिने सूचनामा उल्लेख छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने साधन, अत्यावश्यक मालसामान ढुवानीका साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । छिमेकी देश भारतसँग सिमाना जोडिएका नाकाहरू तथा खुल्ला सिमानाको जुनसुकै स्थानबाट मानिसको आवागमन रोक लगाउने जनाइएको छ ।
कोभिड १९ को सङ्क्रमण रोकथाम एवम् नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै सङ्क्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनासमेत परिचालन गर्ने स्थानीय प्रशासनले जनाएको छ ।

पर्सामा साउनमा मात्रै १२ जना सङ्क्रमितको मृत्यु भएको छ भने पर्याप्त आइसोलेसन सेन्टर नहुँदा अधिकांश सङ्क्रमितहरूलाई घरमै राखिएको छ । लक्षणसहितका सङ्क्रमितलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने नीति अख्तियार गरिएको छ । होटलमा पेड आइसोलेसनको व्यवस्था पनि मिलाइएको छ ।

वि.सं.२०७७ साउन १८ आइतवार २०:२० मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...