back
CTIZAN AD

यस्तो छ नेपालमा साउन १७ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन १७ शनिवार

774 

shares

१७ साउन, काठमाण्डौं । नेपालमा शनिबार (१७ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ८२ हजार ४९० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,९९३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,३३८ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ११ हजार ५३३ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज ९३ जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा आज ९३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ९३ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज ९३ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

आज थपिएका ३१५ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २० हजार ८५ पुगेको छ भने आज ९३ जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १४ हजार ४९२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै हालसम्म मृतकको संख्या ५६ पुगेको छ ।

आज ३१५ जनामा कोरोना संक्रमण भएको पुष्टि
नेपालमा आज ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी कैलालीमा ९० जना, बझाङका ८८ जना पर्साका ६६ जना, अछामका २८ जना र इलाममा २२ जना जना संक्रमित भेटिएका छन् । साथै केहीदिन देखि निरन्तर संक्रमण बढेको काठमाण्डौंमा आज ५ जना मात्रै संक्रमित थपिएका छन् ।

नेपालमा आज ३१५ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो

कन्चनपुरमा ८, सप्तरीमा ७, सिराहामा ५, रामेछाप, झापा, उदयपुर र रुपन्देहीमा २/२ जना, सल्यान, सुनसरी, बारा,काभ्रे, झापा, रौतहट, भक्तपुर र कास्कीमा १/१ जना गरी आज जम्मा ३१५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३१५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा २२५ जना, प्रदेश २ मा २०६६ जना, बाग्मति प्रदेशमा ५७५ जना, गण्डकी प्रदेशमा ३१३ प्रदेश नं ५ मा ३८७ जना, कर्णाली प्रदेशमा २९७ र सुदूरपश्चिम प्रदेशमा १६७५ जना संक्रमितहरुको उपचार भइरहेको छ ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १२५४, प्रदेश २ मा १,५७३ बाग्मति प्रदेशमा ८५२, गण्डकी प्रदेशम२,९५३, प्रदेश नं ५ मा १५३६ कर्णाली प्रदेशमा ४४३ र सुदूरपश्चिम प्रदेशमा २९२२ जना रहेका छन् ।

यस्तो छ निको हुनेको प्रदेश संख्या
प्रदेश १ मा ८५६, प्रदेश २ मा ३१४९, बाग्मति प्रदेशमा ५३२, गण्डकी प्रदेशमा १,२५६, प्रदेश नं ५ मा ३९७१, कर्णाली प्रदेशमा १,७१८ र सुदूरपश्चिम प्रदेशमा ३०१० गरी जम्मा १४ हजार ४९२ जना निको भएका हुन् ।

नेपालमा साउन १६ सम्मको कोरोना अपडेटः १९,७७१ संक्रमित, १४, ३९९ निको र मृतकको संख्या ५६ पुग्यो

वि.सं.२०७७ साउन १७ शनिवार १९:१८ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...