back
CTIZAN AD

अमेरिकामा रहेकी सवि थापाद्धारा एसिड आक्रमणमा परेकी पवित्रालाई आर्थिक सहयोग

वि.सं.२०७७ साउन १९ सोमवार

1K 

shares

१९  साउन, काठमाडौं । अमेरिकामा रहेकी सवि थापा ले एसिड आक्रमणमा परेकी युवती पवित्रा कार्कीलाई आर्थिक सहयोग गरेकी छन् ।

म्याग्दी घर भई हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी थापाले पीडित कार्कीलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।

नेपालमा पछिल्लोपटक छोरीहरुमाथि बढ्दै गएको एसिड आक्रमणप्रति दुःख व्यक्त गर्दै पीडामा परेकी कार्कीलाई आफूले गरेको सहयोगले थोरै भएपनि राहत पुग्ने विश्वास आफूले गरेको थापाले बताएकी छन् ।

थापाले पठाएको उक्त रकम शनिबार (साउन १७ गते) सोलिडारिटी ट्रष्टकी अध्यक्ष चन्दा थापा (चन्द्रिका) ले कार्की उपचाररत किर्तीपुर अस्पतालमा गएर उनकी दिदी सुनिता थापालाई हस्तान्तरण गरेकी हुन् ।

ओखलढुंगाकी २२ वर्षीया कार्की साउन ८ गते सितापाइलामा एसिड आक्रमणमा परेकी हुन् । उनीमाथि एसिड प्रहार गर्ने रौतहट लक्ष्मीपुर घर भइ हाल काठमाण्डौंको डल्लुमा बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

वि.सं.२०७७ साउन १९ सोमवार ०९:०८ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...