१९ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १८ लाख ४ हजार ७ सय २ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ हजार १ सय ६१ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५२ हजार ७ सय ८३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ७ सय ५८ जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ८२ लाख ३४ हजार ९ सय ३६ पुगेको छ भने ६ लाख ९२ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ
वि.सं.२०७७ साउन १९ सोमवार ०९:०५ मा प्रकाशित





























