back
CTIZAN AD

मुसहर बस्तीमा गुन्डा लगाएर आक्रमण, प्रहरीले कारबाही नगरेपछि डरले महिलाद्धारा आत्महत्या

वि.सं.२०७७ साउन २३ शुक्रवार

912 

shares

२३ साउन, विराटनगर । छरछिमेकको सामान्य विवादमा मोरङको बुढीगंगा गाउँपालिका–२ खार्जीका मुसहरमाथि मध्यराती तरबार, भाला र रडले मरणासन्न हुने गरी आक्रमण गरिएको छ ।

आक्रमनबाट पाँच जना गम्भिर घाइते भएका छन् । पक्रउ गरिएका आक्रमणकारी प्रहरीले छाडेपछि त्रसित पीडित परिवारकी एक महिलाले बिहिबार आत्महत्या गरेकी छिन् । सामान्य विवादमा सरस्वती ऋषिदेवको परिवारसँग बदला लिन स्थानीय बैजनाथ यादवले विराटनगर–१४ जतुवाबाट २० जना गुन्डा बोलाएर आक्रमण गराएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।

१९ साउनको राती मोटरसाइकल र इलेक्ट्रिक रिक्सामा आएका उनीहरुले तरबार, भाला र रडले आक्रमन गरेको पीडितहरुले बताएको शुक्रबारको नयाँपत्रिका दैनिकले लेखेको छ ।

आक्रमणबाणबाट ५० वर्षीय सरस्वती, उनका भाइहरु ४० वर्षीय पन्नालाल, ३८ वर्षीय चुन्नीलाल, ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम गम्भिर घाइते भएका छन् ।

तरबारले सरस्वतीको छातीको देब्रेभाग नै छिनालिएको छ । अन्यको टाउको, गर्धन र शरिरभरि ठुल्ठुला’ घाउँ बनेका छन् ।

प्रत्यक्षदर्शी स्थानीय सरस्वती मगरका अनुसार बैजनाथको घरमा साझँ हुलका हुल नयाँ मान्छे आएको थाहा पाएपछि प्रहरीलाइ खबर गरिएको थियो । तर, प्रहरीले बैजनाथका पाहुना भनेर सोधपुछ गर्नसमेत रुचि देखाएन । आक्रमण भएपछि घटनास्थल पुगेको निमुवा इलाका प्रहरी कार्यलयको टोलीले त रगताम्य घाइतेलाई अस्पताल लैजानसमेत सघाएन ।

घाइतेहरु रातभर घरमै छटपटाइरहे । प्रहरीको असहयोगका कारण लकडाउनका बेला घाइतेलाई अस्पताल लग्न नसकेको स्थानीय बासिन्दाले बताए । मुसहर परिवारमाथि आक्रमण भएको सूचना पाएपछि भोलिपल्ट विहान छिमेकी बुढीगंगा गाउँपालिकाबाट आएका कांग्रेस गाउँ कमिटि सभापति जितनारायण थापाले पीडितलाई अस्पताल पुरयाएको थिए । उनीहरुको बुढीगंगा टंकीस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

वि.सं.२०७७ साउन २३ शुक्रवार ०९:५३ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...