back
CTIZAN AD

बेलायतको जेलमा ११ जना नेपाली, तीनलाई सिरियस क्राइमको अभियोग

वि.सं.२०७७ साउन २३ शुक्रवार

723 

shares

२३ साउन, लन्डन । ११ नेपाली विभिन्न अभियोगमा बेलायतको जेलमा छन् । लन्डनस्थित नेपाली दुताबासका अनुसार उनीहरुमध्ये धेरैलाई यहाँको इमिगे्रसन कानुन उल्लघंन गरेको मुद्धा लागेको छ ।

बेलायत सरकारले दुताबासलाई उपलब्ध गराएको तथ्यांकले आठ नेपाली अहिले इमिग्रेसन मुद्धामा बेलायती जेलमा रहेको देखाएको छ ।

उनीहरुमध्ये केहीलाई इमिग्रेसन कानुन मिचेको आरोपमा डिटेन्सन सेन्टरमा राखिएको हो । केहीलाई भने इमिग्रेसनसँग सम्बन्धित भएपनि नक्कली कागजपत्र, नक्कली बिहेजस्ता गम्भीर अपराधको मुद्धा छ ।

बेलायतका जेलमा रहने तीन नेपालीलाई सिरियस क्राइमको अभियोग छ । जसमध्ये एक जनालाई हत्याको आरोप लागेको छ । झन्डै ४० वर्षका उमेरका ती पुरुष हत्या मुद्धामा एक वर्षदेखि जेलमा रहेको दुतावासले बताएको शुक्रबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

त्यस्तै, अर्का एक नेपाली पुरुष पनि मानव तस्करीमा संग्लन रहेको अभियोगमा जेलजीवन बिताइरहेका छन् । दुतावासका प्रवक्ता शरदराज आरनका अनुसार एक वर्षअघि बेलायतका जेलमा रहने नेपालीको संख्या २१ थियो ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १०:०१ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...