back
CTIZAN AD

कोरोनाका कारण हङकङमा नेपालीलाई सकस, भन्छन्–’महिनाभरीको खर्च धान्नै सकस’

वि.सं.२०७७ साउन २३ शुक्रवार

681 

shares

२३ साउन, हङकङ । हङकङमा लगभग ४० हजार नेपालीको बसोबास छ । नेपाली कसैमा पनि हालसम्म कोरोना संक्रमण देखिएको छैन् । तर, रोजगारी गरेर जीविकोपार्जन गर्नेहरु सकसमा परेका छन् ।

‘नेपाली समुदायलाई पनि अवश्य खतरा छ । निर्माण क्षेत्रलगायतमा काम गर्नेहरुमा कोरोना सर्न सक्ने सम्भावना छ’, दुई दशकदेखि निर्माण व्यावसायमा रहेका मोहन गुरुङ भन्छन्, ‘सामान्य कामदारका रुपमा काम गर्ने नेपाली अझ जोखिममा छन् । तर, आफै सुरक्षित हुन प्रयास गर्न जरुरी छ ।’

नर्मता पाण्डे (नाम परिवर्तन) इटालियन रेस्टुरेन्टमा सहायक सेफका रुपमा काम गर्थिन् । कोरोना प्रकोप सुरु भएसँगै उनी काम गर्ने रेस्टुरेन्टमा ग्राहकको कमी भयो । रेस्टुरेन्टले अर्डरको खाना मात्र बनाउन थाल्यो । आकर्षक तलब पाइरहेकी उनलाई हप्तामा तीन दिन मात्र काममा बोलाउन थालियो । भन्छिन्, ‘हप्तामा तीन दिन मात्र काम गरेर कसरी महिनाभरीको खर्च धान्ने होला ?’

राजभक्त राई काम गर्ने निर्माण कम्पनीको साइट बन्द भएको छ । त्यहाँ एक जना लाई कोरोना संक्रमण देखिएको छ । भन्छन्, ‘अब कहिले काम नियमित हुन्छ भन्ने थाहा छैन् । काम नभएपछि कमाई पनि हुँदैन । दैनिकी चलाउन गाह्रो भइरहेको छ ।’

कोपीला गुरुङ (नाम परिवर्तन) ले तीन सन्तानसँगै परिवारको खर्च धान्नु पर्छ । आफु काम गर्ने बार बन्द भएसँगै उनी पनि समस्यामा छिन् । ‘बचत पनि सकिन लाग्यो, अब के गर्ने भनेर दोधारमा छु,’ उनी भन्छिन् ।

होटलमा शुक्रबारदेखि दुई जना सम्म खान मिल्ने नियम बनाएसँगै केहीलाई काममा बोलाइएको छ । तर, कम्पनी पुर्ण क्षमतामा सन्चालनमा आउन नसकेपछि धेरैले जागिर गुमाएका छन् । काम गर्ने क्षेत्रमा भिडभाड हुने भएकाले कोरोनाको जोखिम बढेको छ । ‘ज्यानको बाजी राखेर भए पनि काम त गर्नै परयो’, सचिन गिरी भन्छन् । शुक्रबारको अन्नपूर्ण पोष्ट दैनिकबाट

वि.सं.२०७७ साउन २३ शुक्रवार १०:२८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...