back
CTIZAN AD

बुद्ध एयरले तोक्यो एकतर्फी भाडादर, हेर्नुस् कहाँका लागि कति ?

वि.सं.२०७७ साउन २३ शुक्रवार

762 

shares

२३ साउन, काठमाडौँ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले सात मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ ।

कोरोना भाइरस(कोभिड –१९) को महामारी नियन्त्रण गर्न लामो समयदेखि बन्द रहेको आन्तरिक उडान भदौ १ देखि सञ्चालन हुन लागेकोले बुद्ध एयरले भाडादर सार्वजनिक गरेको छ ।

देशको विषम परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गर्ने उद्देश्यले हामी भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि न्यून तोकेको एयरलायन्सले जनाएको छ ।

कम्पनीले विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर, जनकपुर र धनगढीको भाडादर सार्वजनिक गरेको हो ।

जसअनुसार विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपालगञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि सुरुवाती एकतर्फी भाडा ५४ सय रुपैयाँ तोकेको छ ।

पछिल्लो समयमा काठमाडौँ उपत्यका लगायत देशसँग दिनहुँ संक्रमित बढीरहेको सन्र्दभमा सडकमार्गबाट महँगोमा काठमाडौं आउजाउ गर्नु परिरहेकोले उडान खोल्नुपर्ने एयरलायन्सले बताएको छ । कोरोना भाइरसको सुरक्षाका लागि कम्पनीले सम्पूर्ण प्रबन्ध गरेको समेत बताइएको छ ।

 

वि.सं.२०७७ साउन २३ शुक्रवार १४:४९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...