back
CTIZAN AD

‘जोर-बिजोरले कोरोना संक्रमण रोक्ने होइन झन बढ्छ’

वि.सं.२०७७ साउन २४ शनिवार

642 

shares

पछिल्लो अवस्थामा काठमाण्डौं लगायत विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ । काठमाण्डौंमा पनि ५ सय भन्दा बढी सक्रिय संक्रमितहरु अस्पताल तथा आइसोलेशनमा उपचाररत छन् । यसै कुरालाई मध्येनजर गर्दै सरकारले पुनः शुक्रबारदेखि काठमाण्डौं उपत्यकामा सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ ।

तर,जोर–विजोर प्रणाली लागू गर्नु नै कोरोना संक्रमणको जोखिम घट्नु नभएको बेल्जियमबाट दामोदर आचार्यले लेखेका छन् ।

लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा अभियानको बेल्जियम च्याप्टरका सभापति समेत रहेका आचार्यले जोर बिजोर नै कोरोनाको जोखिम घटाउने उपाय नभएको भन्दै सुझाव स्वरुप यस्तो लेखेका छन्, ‘किनकी, सवारी साधन जोर बिजोर गरेर चलाउँदा संक्रमणको जोखीम घट्ने होईन, जोखिम बढ्ने खतरा स्पष्टै बुझ्न कुनै मथिङ्गल खियाउनु पर्दैन । नम्बर जोर बिजोर गरेर सवारी चलाउँदा सडकमा ट्राफिकको चाप मात्र घट्ने हो । मानिसको चाप त सार्वजनिक यातायातहरूमा बढ्न जाने हुँदा संक्रमण बढ्ने सहजै बुझ्न सकिन्छ ।’

आर्चायले लेखेका छन्,

‘युरोपका केही देशहरू स्पेन, नेदरलैण्ड, डेनमार्क र बेल्जियम कोरोना भाइरसको संक्रमणको ‘सेकेण्ड वेभ’को त्रासका कारण त्यसलाई रोकथामका खातिर फेरि कडाईका साथ नियमहरू लागु गर्न र जहाँ जहाँ महामारीको प्रकोप छ त्यहाँ लकडाउन गर्न क्रियाशील छन् ।

सार्वजनिक स्थलहरूमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ । र सार्वजनिक यातायातमा यात्रा गर्दा बस, ट्राम, टैक्सी, रेल, पानीजहाज र हवाइजहाजमा मास्कको प्रयोग अनिवार्य छ । सामानहरू खरिद गर्न जाँदा किराना पसल, सपिङ्ग मल, डीपार्टमेन्टल स्टोर्स, फार्मेसी, कपाल काट्ने सैलुन, ब्युटी पार्लर, मेक अप स्टुडियो, फिट्नेस क्लब, फिजीयोथेरापी सेन्टर, क्लिनिक र अस्पतालहरूमा मास्कको प्रयोग अनिवार्य छ । साथै भित्र प्रवेश गर्नु अगावै प्रवेशद्वार अगाडि राखिएको स्यानिटाइजरले दुबै हातहरूलाई डिस्इन्फेक्टेन्ट गर्नु जरूरी छ । र निस्कने समयमा पनि स्यानीटाइजरले दुबै हातहरू डिस्इन्फेक्टेन्ट गर्नु पर्दछ । साथै डेढ मिटरको सामाजिक दुरी राख्ने विषयलाई सबैले अनिवार्य रेस्पेक्ट गर्नु पर्दछ ।

होटल तथा रेष्टुरेन्टमा पनि मास्कको प्रयोग अनिवार्य छ । टेबलहरू पनि सामाजिक दुरीलाई ध्यानमा राखेर ब्यवस्थित गरिन्छ । एउटै परिवारका मानिसहरू बिचमा चाहि मास्क र सामाजिक दुरीको नियम लागु हुदैन । यदि कोही पनि संक्रमित नभएको अवस्थामा । यदि मास्कको प्रयोग नगरेको अवस्थामा बेल्जियममा सेवाग्राहीले २५० युरो जरीवाना तिर्नुपर्ने र पसल चलाउने व्यक्तिले वा सेवा प्रदायकले मास्क प्रयोग नगरेको अवस्थामा ७५० जरीवाना तिर्नु पर्दछ ।

बेल्जियमको राष्ट्रीय सुरक्षा परिषदले सम्बन्धित विज्ञहरूको सल्लाह र सुझावहरूको आधारमा तयार गरेको नियम र प्रावधानलाई नै सर्वोपरी रूपमा सरकारले जनस्तरमा लागु गर्दै आएको छ । पछिल्लो निर्णय अनुसार, धेरै भिडभाड हुने मेलाहरू, खेलकुद सम्बन्धि इभेन्टहरू र सभा सम्मेलनहरू गर्न पुनः रोक लगाइएको छ । तर, नेपालमा जस्तो सवारीसाधनहरूलाई जोर बिजोर नम्बर गरेर चलाउनु पर्ने खालको नियम भने यहाँ अहिलेसम्म कतै लगाएको सुनिएको छैन ।

यसर्थ, म प्रवासबाट नै नेपाल सरकारले सवारीसाधन उपर लगाएको नम्बर जोर बिजोरको नियममा पुनर्विचार गर्नको लागि गम्भिर ध्यानाकर्षण गराउँदछु ।

किनकी, सवारी साधन जोर बिजोर गरेर चलाउँदा संक्रमणको जोखीम घट्ने होईन, जोखीम बढ्ने खतरा स्पष्टै बुझ्न कुनै मथिङ्गल खियाउनु पर्दैन । नम्बर जोर बिजोर गरेर सवारी चलाउँदा सडकमा ट्राफिकको चाप मात्र घट्ने हो । मानिसको चाप त सार्वजनिक यातायातहरूमा बढ्न जाने हुँदा संक्रमण बढ्ने सहजै बुझ्न सकिन्छ ।

यसै सन्दर्भमा म नेपाल सरकारसमक्ष संक्रमण रोकथामका लागि अर्को विशेष अनुरोध गर्न चाहन्छु ।

१-सेवाग्राहीहरूको भिड हुने स्थलहरू बैक, कर कार्यालय, बिद्युत महसुल, खानेपानीको महसुल बुझाउने काउन्टरहरू र राजस्व संकलन गर्ने कार्यालयहरूमा डेढ मिटरको अनिवार्य सामाजिक दुरी कायम गराउने उद्देश्यका लागि सुरक्षाकर्मी परिचालन गर्नु सान्दर्भिक हुन्छ । यदि सरकारबाट यस्तो ब्यवस्था गरेको छैन भने ।

२, सभा सम्मेलन आयोजना गर्दा यदि डेढ मिटरको सामाजिक दुरी कायम गरेर ब्यवस्थापन गर्न सकिने अवस्थामा २५ जना भन्दा बढी सम्मिलित सभा सम्मेलन वा बैठक गर्न खुला स्थानहरूमा पालहरूको ब्यवस्था गरेर पनि गर्न सकिन्छ । यद्यपि विश्व स्वास्थ्य संगठनको निर्देशानुसार मास्कको उचित प्रयोग, डेढ मिटरको सामाजिक दूरी कायम र स्यानिटाइजरको उचित प्रयोग गर्न भने चुक्नु हुदैन ।’

वि.सं.२०७७ साउन २४ शनिवार १३:०३ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...