२५ साउन, अर्घाखाँची। छत्रदेव क्रिकेट विकास समिति,अर्घाखाँचीले छत्रदेववासी क्रिकेट खेलाडीलाई फारम दर्ता गर्न आह्वान गरेको छ ।
जिल्ला क्रिकेट संघ, अर्घाखाँचीको मातहतमा गठित क्रिकेट विकास समितिको बिहिबारको बैठकले छत्रदेवमै पहिलो पटक हुन लागेको लिग प्रणालीको क्रिकेट प्रतियोगिता ‘छत्रदेव प्रिमियर लिग’ आयोजना गर्न लागेकोले इच्छुक छत्रदेवीवासी क्रिकेट खेलाडीलाई १५ दिनभित्र नाम दर्ता गर्न अनुरोध गरेको हो ।
छत्रदेव बाहिर रहेका छत्रदेववासीले पनि क्रिकेट संघको फेसबुक अकान्टमा गएर नाम दर्ता गर्न सक्ने जनाइएको छ ।
इच्छुक खेलाडीले भाद्र ६ गतेसम्म नाम दर्ता गर्नुपर्नेछ ।

वि.सं.२०७७ साउन २५ आइतवार १२:५३ मा प्रकाशित


























