back
CTIZAN AD

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनालक्षित महत्वपूर्ण निर्णय गर्ने तयारी

वि.सं.२०७७ साउन २६ सोमवार

711 

shares

काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिएका क्षेत्रमा थप कडाई गर्ने तयारी गरेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढ्दै गएका क्षेत्रमा थप कडाई गर्नेबारे निर्णय लिने तयारी गरेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजेदेखि बस्नेछ ।

बैठकले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य उडानको समयावधि थपका विषयमा पनि महत्वपूर्णं निर्णय गर्न सक्नेछ । यसअघि आइतबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सार्वजनिक यातायात बन्द र हवाई सेवा तत्काल नखोल्न सरकारलाई सुझाव दिएको थियो ।

सीसीएमसीले सरकारी कार्यालयहरु आधा कर्मचारी राखेर सञ्चालन गर्ने, सभा, सम्मेलनमा रोक लगाउने, अत्यावश्यक बाहेकका पसल बन्द गर्न पनि सुझाव दिएको छ । सीसीएमसीको उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश भएपछि छलफल गरेरमात्रै निर्णय हुने भएको हो ।

सरकारले यसअघि भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णय गरेको थियो।

वि.सं.२०७७ साउन २६ सोमवार १३:४९ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...