back
CTIZAN AD

एनआरएनएको १३ औं युरोप क्षेत्रिय सम्मेलन तथा विज्ञ सम्मेलन सेप्टेम्बरमा हुने

वि.सं.२०७७ साउन २६ सोमवार

867 

shares

२६ साउन, काठमाण्डौ । गैरआवासीय नेपाली संघको १३ औं युरोपेली क्षेत्रीय बैठक तथा पहिलो विज्ञ सम्मेलन सेप्टेम्वरको अंतिम साता हुने भएको छ ।

गैरआवासीय नेपाली संघ युरोप उपसंयोजक संयोजक शुक्रराज न्यौपानेका अनुसार संघको गत सोमवार सम्पन्न युरोप क्षेत्रीय पदाधिकारी एवं राष्ट्रिय समन्वय समितीका अध्यक्ष र युरोपबाट प्रतिनीधीत्व गर्ने आईसीसी सदस्य सम्मिलित बैठकले १३ औं बैठक तथा युरोपस्तरीय पहिलो विज्ञ सम्मेलन आगामी सेप्टेम्वरको २६ र २७ तारिख आयोजना गर्ने निर्णय गरेको हो ।

कोरोनाको महामारीका कारण आयरल्याण्डमा हुने भनिएको उक्त बैठक एवं विज्ञ समेलन भर्चूलरूपमा हुने भएको छ । दुईदिने क्षेत्रीय सम्मेलनमा कोभिड-१९ ले पारेको विश्वव्यापी प्रभाव र नेपालको समृद्धि एवं विकासका लागि विदेशमा रहेका नेपाली विज्ञहरुको भूमिका विषयमा छलफल हुने आयोजकले बताएका छन् ।

युरोपक्षेत्रमा रहेका विभिन्न विज्ञहरुको सहभागी रहने सो सम्मेलनको लागि संयोजक नारायण आचार्यको संयोजकत्वमा उपसंयोजकहरु शुक्रराज न्यौपाने, मुक्त गुरुङ, कृष्ण तिमिल्सेना र युरोप क्षेत्रका एनसीसी अध्यक्ष र आईसीसी सदस्यहरु सदस्य रहनेगरी एक मूल आयोजक समिति गठन गरिएको जानकारी संसारन्युजलाई प्राप्त भएको छ ।

विज्ञ सम्मेलनमा विदेशमा सिकेको सीप, बौद्धिकता, पुँजी तथा सञ्जालको नेपालको हितमा उपयोग गर्ने उद्देश्यले युरोपमा रहेर विभिन्न क्षेत्रमा कार्यरत नेपाली विज्ञहरुले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

सो विज्ञ सम्मेलनलाई सफल पार्न राजु अर्याल (नर्वे) को संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरु रहनेगरी एउटा उपसमिती गठन गर्न युरोप संयोजक र उपसंयोजकहरुलाई जिम्मेवारी दिईएको छ ।

सो सम्मेलनको लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, शेष घले, भवन भट्ट, देवमान हिराचन, संस्थापक अभियन्ता रामप्रताप थापा सहित केंद्रीय समितीका सचिवालय सदस्य तथा सलाहकार समितीका सदस्यहरु रहने गरी सल्लाहकार समिती पनि उक्त बैठकले निर्णय गरेकोे छ ।

यसैगरी १३ औं यूरोप क्षेत्रिय बैठक एवं विज्ञ सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्नको निम्ति कार्यं विभाजन, जिम्मेवारी प्रधान तथा कार्यंसम्पादन गर्नको निम्ति सचिवालयको गठन पनि उक्त बैठकमा गरिएको थियो ।

जस अनुसार उक्त सचिवालयमा संयोजकमा नारायण आचार्य, उपसंयोजकहरु शुक्रराज न्यौपाने, मुक्त गुरुङ र कृष्ण तिमिल्सिना तथा सदस्यहरु राजु अर्याल र युरोपक्षेत्रका महिला तथा युवा संयोजक रहने छन् ।

सम्मेलन संघका युरोप क्षेत्रमा रहेका राष्ट्रिय समितिहरुले आ–आफ्नो नीति तथा वार्षिक प्रतिवेदन समेत पेश गर्ने छन ।

वि.सं.२०७७ साउन २६ सोमवार १४:१६ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...