२५ साउन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा)को १९ औँ साधारणसभा स्थगित भएको छ ।
एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को संक्रमणको दर बढ्न थालेको र समुदायस्तरमा नै संक्रमणको विस्तार हुने उच्च जोखिम रहेको भन्दै साधारणसभा स्थगित गरिएको जनाएको हो ।
सरकारले कोभिड १९ संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि गोष्ठी, भेला, सम्मेलन, आवागमन जस्ता कार्यहरु गर्न निषेध गरेको हुनाले भाद १५ गते निर्धारण गरिएको साधारणसभा स्थगित गर्नुपरेको संघका प्रवक्ता किरण राईले जनाएका छन् ।
वि.सं.२०७७ साउन २६ सोमवार १८:५२ मा प्रकाशित


























