२६ साउन, काठमाडौँ । सरकारले जार तथा बोतलवन्द पानीको अधिकतम खुद्रा समर्थन मूल्य तोकेको छ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पत्रकार सम्मेलन गरी बोतलमा १६ र जारमा ५० रूपैयाँ निर्धारण गरिएको जानकारी गराएको छ।
जार तथा वोतलवन्द पानीको अधिकतम समर्थन मूल्य निर्धारण सम्बन्धमा विभागबाट गठित कार्यदलले सरोकारवाला समेतको सहभागितामा तय गरेको मूल्यसहित अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको जनाइएको छ ।
यो मूल्य काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा २०७७ भाद्र १० देखि लागू हुने बताइएको छ।
वि.सं.२०७७ साउन २६ सोमवार १८:३२ मा प्रकाशित






























