back
CTIZAN AD

नेपालमा हालसम्मको कोरोना अपडेटः २३,३१० संक्रमित, १६,४९३ जना निको, मृतकको संख्या ७९ पुग्यो

वि.सं.२०७७ साउन २६ सोमवार

810 

shares

२५ साउन, काठमाण्डौं । नेपालमा सोमबार (२६ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख ५२ हजार २३६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,४३२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,७३८ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १० हजार ७५९ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ३३८ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ भने आज १४० जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १६ हजार ४९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका चारसहित हालसम्म मृतकको संख्या ७९ पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका ४४ सहित ३३८ जनामा कोरोना संक्रमण,
नेपालमा आज ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी बाँकेमा ६३ जना, काठमाण्डौंमा ३६ रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २१, सर्लाहीमा २१, दैलेखमा १७, मोरङमा १५, प्युठानमा १५ र धनुषामा १३ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुर र ललितपुमा ४\४ जनामा संक्रमित थपिएका छन् ।

आज काठमाण्डौं उपत्यकाका ४४ सहित ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३,३१० पुग्यो

त्यसैगरी कपिलवस्तुमा ११, सल्यानमा ७, कैलालीमा ६, सिन्धुलीमा ६, दाङमा ५ जना, गोर्खा, महोत्तरी र बारामा ३\३ जना, तनहुँ, नवलपरासीपुर्व र खोटाङमा २\२ जना र झापा, नुवाकोट, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, अछाम, अर्घाखाँची, पाल्पा, रामेछाप बाग्लुङ, बर्दिया, रोल्पा, बझाङ, रुपन्देही, चितवन, स्याङजा, सुर्खेत र बैतडीमा १\१ जना गरी आज जम्मा ३३८ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ३३८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २३ हजार ३१० पुगेको छ ।

हाल कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा ५२९, प्रदेश २ मा ३,१४४, बाग्मति प्रदेशमा १२१०,गण्डकी प्रदेशमा २३३ प्रदेश नं ५ मा ५४३, कर्णाली प्रदेशमा १८४ र सुदूरपश्चिम प्रदेशमा ८९५ जना विभिन्न आइसोलेशन तथा अस्पतालमा उपचाररत रहेका छन् ।

यस्तो छ कोरोना संक्रमणबाट निको हुनेको विवरण, सबैभन्दा बढी निको हुनेमा प्रदेश ५
नेपालमा हालसम्म २३ हजार ३१० जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् ।
जसमा हालसम्म १६ हजार ४९३ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म निको हुनेको यो संख्या ७०.७ प्रतिशत हो ।

त्यस्तै हालसम्म सबैभन्दा बढी संक्रमित निको हुनेमा प्रदेश ५ रहेको छ । प्रदेश ५ मा हालसम्म ४ हजार १८१ जना निको भएर डिस्चार्ज भएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ४,०४० जना, प्रदेश २ मा ३,३५७ जना, कर्णाली प्रदेशमा १,९००, गण्डकी प्रदेशमा १,४६५, प्रदेश १ मा ९४७ र बाग्मति प्रदेशमा ६०३ जना गरी आजसम्म १६ हजार ४९३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।

यस्तो क्वारेन्टिनमा रहनेको प्रदेश विवरण
प्रदेश १ मा २६६४, प्रदेश २ मा १,९३० बाग्मति प्रदेशमा १,०२२, गण्डकी प्रदेशमा ९५५, प्रदेश नं ५ मा १,६२७ कर्णाली प्रदेशमा ७१९ र सुदूरपश्चिम प्रदेशमा १८४२ गरी जम्मा १० हजार ७५९ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचाररत रहेका जिल्लामा पर्सा, महोत्तरी, रौतहट र काठमाण्डौं रहेका छन् भने हालसम्म संक्रमण मृक्त भएका जिल्लामा धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको पुष्टि
नेपालमा आज ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) मृत्यु भएको पुष्टि भएकामा काठमाण्डौंका २, पर्साका १ र बाँकेका १ गरी ४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार बाँकेको कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा साउन २५ गते दिउँसो मृत्यु भएको छ ।

साउन २३ गते अस्पतालमा भर्ना भएकी उनमा उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यसैगरी पर्साको वेदियादी गाउँपालिका १५ की ४५ वर्षीया एक महिलाको साउन २५ गते विहान ४ बजे नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै काठमाण्डौं महानगरपालिका १० मध्यवानेश्वरका ७६ वर्षीय एक पुरुषको साउन २६ गते विहान मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौंकै किर्तिपुर नगरपालिका ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको पनि साउन २६ गते बिहान मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।  आज मृत्यु भएको पुष्टि भएका ४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा साउन २५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

 

वि.सं.२०७७ साउन २६ सोमवार १८:२६ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...