back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा साउन २५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन २५ आइतवार

714 

shares

२५ साउन, काठमाण्डौं । नेपालमा आइतबार (२५ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख ४३ हजार ८०८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,५१५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,५४४ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ११ हजार ३८ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ३८० जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ भने आज निको भएर ४० डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १६ हजार ३५३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका दुईजनासँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

आज काठमाण्डौंका ९० सहित ३८० जनामा कोरोना
नेपालमा आज काठमाण्डौंका ९० जनासहित ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा बढी काठमाण्डौंमा ९० जना, पर्सामा ७३ जना, धनुषामा ३६ जना, मोरङमा २८ जना, बाँकेमा २१ जना, सप्तरीमा १७ जना, कपिलवस्तुमा २१ जना र महोत्तरीमा १५ जना संक्रमित भेटिएका छन् । साथै आज ललितपुरमा २ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा शून्य संक्रमित रहेका छन् ।

आज काठमाण्डौंका ९० सहित ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२,९७२ पुग्यो

त्यस्तै रुपन्देहीमा १०, डोटीमा ८, चितवनमा ७, सुनसरी ६, दाङ ४, नवलपरासीपूर्व ४, सिरहा ४, झापा ४ र जुम्लामा ४ जना, सर्लाही, बारा, नुवाकोट, र डडेल्धुरामा ३/३ जना, सुर्खेत, कालिकोट र वर्दियामा २/२ जना, रौतहट, सिन्धुली, बारा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, सर्लाही, धादिङ, पर्वत, पाल्पा, दैलेख र बैतडीमा १/१ जना गरी आज जम्मा ३८० जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ३८० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २२ हजार ९७२ पुगेको छ ।

कुन प्रदेशमा कति छन् त सक्रिय संक्रमित ?
प्रदेश १ मा ५११, प्रदेश २ मा ३०७५, बाग्मति प्रदेशमा १,१३२, गण्डकी प्रदेशमा २३७, प्रदेश नं ५ मा ४४६, कर्णाली प्रदेशमा १६९ र सुदूरपश्चिम प्रदेशमा ९७४ जना विभिन्न अस्पता तथा आइसोलेशनमा उपचाररत छन् ।

यी हुन् बढी संक्रमित रहेका ४ जिल्ला ?
५०० भन्दा बढी संक्रमित रहेका जिल्ला ४ रहेका छन् । मन्त्रालयका अनुसार ती चार जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाण्डौं रहेका छन् ।
त्यसैगरी संक्रमित शून्य रहेका ७ जिल्लामा धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या १६,३५३ पुग्यो
नेपालमा आज ४० जनाले कोरोनालाई जितेर घर फर्किएसँगै निको हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ४० जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।

आज ४० जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १६ हजार ३५३ पुगेको हो । निको भएर जानेको यो संख्या ७१.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा २५०८, प्रदेश २ मा १,३३७ बाग्मति प्रदेशमा ९१४, गण्डकी प्रदेशमा २,८४५, प्रदेश नं ५ मा १,५३२, कर्णाली प्रदेशमा ५४४ र सुदूरपश्चिम प्रदेशमा १३५८ गरी जम्मा ११ हजार ३८ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

प्रदेश १ मा ९४७ जना, प्रदेश २ मा ३,३३४ जना, बाग्मति प्रदेशमा ६०३, गण्डकी प्रदेशमा १,४४९, प्रदेश नं ५ मा ४१७९, कर्णाली प्रदेशमा १८९० र सुदूरपश्चिम प्रदेशमा ३९५१ गरी जम्मा १६ हजार ५५३ जना निको भएका हुन् ।

कोरोना संक्रमणबाट आज २० वर्षीया युवतीसहित दुईको मृत्यु

नेपालमा आज कोरोना संक्रमणबाट ३० वर्षीया ष्युवतीसहित जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा पर्साकी एक युवती र पोखराका एक पुरुष रहेका छन ।

मन्त्रालयका अनुसार आज कास्कीको पोखरा महानगरपालिका वडा नं १९ का ६२ वर्षीय पुरुषको साउन २४ गते राति मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका उनी मधुमेहका रोगी रहेको बताइएको छ ।

त्यसैगरी पर्साको विरगन्ज महानगरपालिका वडा नं २ की २० वर्षीया युवतीको साउन २४ गते बिहान १ः२० बजे मृत्यु भएको छ ।
उनलाई उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पुर्याउदासाथ मृत घोषणा गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ साउन २५ आइतवार १८:५२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...