back
CTIZAN AD

भारतीय विदेशमन्त्रीको अभिव्यक्तिमाथि खण्डन गर्दै परराष्ट्रले भन्यो : बुद्ध नेपालमा जन्मेको प्रमाणीत तथ्य हो

वि.सं.२०७७ साउन २५ आइतवार

879 

shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणीत भईसकेकाले थप बहस आवश्यक नभएको स्पष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिको खण्डन गर्दै मन्त्रालयले बुद्धको विषयमा थप बहस नभएको स्पष्ट पारेको हो ।

मन्त्रालयले ऐतिहासिक र पुरातात्विक आधारमा बुद्ध नेपालको लुम्बिनीमा जन्मेको भन्दै द्विविधा नरहेको उल्लेख गरेको छ । परराष्ट्रले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘ऐतिहासिक र पुरातत्विक प्रमाणहरूबाट यो एउटा स्थापित सत्य र स्वीकार भएको छ कि गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन्। लुम्बिनी गौतम बुद्धको जन्मस्थल र बुद्ध धर्मको उद्गमस्थल पनि हो। यो युनेस्कोको विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ ।’

ऐतिहासिक र पुरातत्विक प्रमाणहरूबाट यो एउटा स्थापित सत्य र स्वीकार भएको छ कि गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन्। लुम्बिनी गौतम बुद्धको जन्मस्थल र बुद्ध धर्मको उद्गमस्थल पनि हो। यो युनेस्कोको विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ ।

भारतीय बिदेशमन्त्री एस. जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका छन

प्रधनामन्त्री के.पी. शर्मा ओलीले ठोरीमा राम मन्दिर बनाउन निर्देशन दिएकै दिन
भारतीय बिदेशमन्त्री एस. जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका छन ।
भारतीय बिदेश मन्त्रीले के भने त जान्नको लागि पुरै भिडियो हेर्नुहोस् ।

Posted by Sansarnews on Saturday, August 8, 2020

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल शान्ति भूमि भएको र बुद्ध नेपालमै जन्मेको बताएको कुरा मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ । बुद्धिज्म नेपालबाट संसारमा फैलिएको कुरा सत्य भएको भन्दै परराष्ट्रले बुद्ध नेपालमा जन्मिएको विषय बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले केही दिनअघि बुद्ध भारतीय हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।

यस्ताे छ परराष्ट्रकाे विज्ञप्ती

वि.सं.२०७७ साउन २५ आइतवार १८:१८ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...