back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका ४४ सहित ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३,३१० पुग्यो

वि.सं.२०७७ साउन २६ सोमवार

729 

shares

२५.साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका ४४ सहित ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी बाँकेमा ६३ जना, काठमाण्डौंमा ३६ रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २१, सर्लाहीका २१, दैलेखमा १७, मोरङमा १५, प्युठानका १५ र धनुषामा १३ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुर र ललितपुमा ४÷४ जनामा संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १, खोटाङका २ र मोरङका १४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १३ र महोत्तरीका ३ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १, पर्साका २१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका १२, ललितपुरका १, नुवाकोटका ३, रौतहटका १९, सर्लाहीका २१ र सिन्धुपाल्चोकका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा मोरङका १, काठमाण्डौंका ६ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा अछामका १, अर्घाखाँची, बाग्लुङ, बाँके, बर्दिया, भक्तपुर, चितवन र दाङका १÷१ जना, गोर्खाका ३, कपिलवस्तुका १, काठमाण्डौंका ८, ललितपुर, पाल्पा र रामेछापका १÷१ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुरका ३, काठमाडौंका ८, ललितपुरका २ र पर्साका १ जना, विद ल्याब काठमाण्डौंमा काठमाण्डौंका १ जना र ह्याम्स अस्पतालमा काठमाण्डौंका १ जनामा संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका २, मकवानपुरका २३ नुवाकोटका १, रौतहटका १२ र सिन्धुलीका ६ जना, , प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङजाका १, तनहुँका २, नवलपरासीपुर्वका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका १५, रुपन्देहीका १, कपिलवस्तुका १० जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ६२, बर्दियाका १, दाङका ४, कैलालीका २ र सल्यानका १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा रोल्पाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ६ र सुर्खेतका १ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका १७ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १ जना, सेति प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा बझाङका १ र कैलालीका ५ जना गरी आज जम्मा ३३८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३३८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २३ हजार ३१० पुगेको छ ।

आज काठमाण्डौंका ९० सहित ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२,९७२ पुग्यो

वि.सं.२०७७ साउन २६ सोमवार १६:५० मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...