back
CTIZAN AD

साताको दोस्रो दिन बजारमा हरियाली, नेप्सेमा दोहोरो अंकको बृद्धि कायमै

वि.सं.२०७७ साउन २६ सोमवार

804 

shares

२६ साउन, काठमाडौं । साताको दोस्रो दिन सेयर कारोबार नेप्सेमा हरियाली छाएको छ । संयुक्त लगानीकोष बाहेक सबै ११ वटा उपसूचक समूहको परिसूचक उकालो लाग्दा बजार पनि समग्रमा अघिल्लो दिनको तुलनामा ३७.७४ अंकले उकालो लागेर १४३०.४१ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको करोबार मापक सेन्सेटिभ पनि ७.६३ अंकले बढेर २९८.६४ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज कूल सूचिकृत मध्ये १८९ कम्पनीको कारोबार हुँदा कूल १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैंयाँ बराबरको ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर किनबेच भएको छ । आज बजार झण्डै १८ खर्ब ९० अर्ब रुपैंयाँले पूँजीकरण भएको छ ।

आज बजारमा अघिल्लो दिन जस्तै बीमा समूह चम्किएको छ । निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन भने जीवन बीमा कम्पनी समूह पनि दोस्रो स्थानमा रहेको नेप्सेले जनाएको छ ।

वि.सं.२०७७ साउन २६ सोमवार १७:१० मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...