back
CTIZAN AD

पार्टी विवादबारे बोल्दै नेता श्रेष्ठले भने, ‘भित्र एउटा र बाहिर अर्को कुरा गरेर निकास हुँदैन’

वि.सं.२०७७ साउन २६ सोमवार

816 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र खुल्ला छलफल गर्ने शैली नरहेको बताएका छन् । उनले धेरै नेताहरुमा भित्र एउटा कुरा गर्ने र बाहिर अर्के कुरा गर्ने प्रवृत्ति रहेको बताए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले छलकपट शैलीले विवादको निकास नहुने टिप्पणी गरे । ‘अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्याउन बैचारिक, सैध्दान्तिक, राजनीतिक, प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ’, नेता श्रेष्ठले भनेका छन् ‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो, त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटील बनाउँछ।’

‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो, त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटील बनाउँछ।

उनले नेताहरु कम्युनिष्ट आन्दोलनको मर्मलाई केन्द्रबिन्दुमा राखेर खुल्ला र स्पष्ट छलफल गर्न पनि आग्रह गरेका छन् । पार्टी एकताको रक्षा गर्न पनि सिधा, खुला र स्पष्ट छलफल हुनुपर्ने उनको भनाई छ ।

सत्तारुढ नेकपाभित्र विवाद बढ्दै जाँदा नेताहरुबीच सामान्य संवादसमेत हुन सकेको छैन् । पार्टी बैठकमा उपस्थित नहुने तर बाहिरबाट एकले अर्कोलाई आरोप लगाउने गर्ने शैली विकास भएको छ । पार्टी प्रवक्ता श्रेष्ठले पछिल्लो समय गिजोलिएको पार्टी विवादलाई केन्द्रमा राखी स्पष्ट छलफलको आह्वान गरेका हुन् ।

यस्ताे छ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकाे भनाइ

कम्युनिष्ट पार्टीको उदेश्य समाजमा आज सम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु,गराउनु हो ।त्यसका लागि पार्टी भित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो।अत: क पा भित्र अन्तरपार्टीजनवाद,छलफल ,बहस र अन्तरसंघर्स लाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ। अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढँगले सञ्चालन गर्नाले बिचारको परिमार्जन एवं बिकास ,संगठनको ब्यबस्थापन ,परिचालन एवं ‬‪सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उदेश्यमा योगदान पुर्याउँछ ।

अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्याउन बैचारिक ,सैध्दान्तिक ,राजनीतिक ,प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा,खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ ।हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा,अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन ,बरु जटील बनाउछ।त्यसैले पार्टी, बर्ग,आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा,खुला र स्प्ष्टरुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं।पार्टी एकताको रक्षा गरौं,समाजवादउन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।‬

वि.सं.२०७७ साउन २६ सोमवार १६:१२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...