back
CTIZAN AD

डाक्टर गोबिन्द केसीद्धारा मुगुमा दुई जनाको सल्यक्रिया डेढ सयको परिक्षण

वि.सं.२०७७ साउन २६ सोमवार

825 

shares

२६ साउन, मुगु । कोरोना कहरको बेला हिमाली जिल्ला मुगु पुगेर डाक्टर गोबिन्द केसीले १ सय ७७ जनालाई हण्डी रोग सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण गरेका छन् ।

डा. केसी अस्पताल पुगेको पहिलो दिन बिहिबार ४७ जना, शुक्रबार ३७ जना र आइतबार ९३ जना गरि १ सय ७७ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरेको जिल्ला स्वास्थ्य प्रमुख निर्मल नगरकोटीले बताए ।

डा.केसीले छायाँनाथ रारा नगरपालिका–१० घट्टलेख गाउँकी १० बर्षिय रेश्मा भामको देब्रेहातको सल्यक्रिया र नगरपालिका–७ बालै गाउँका १७ बर्षिय गगन भामको देब्रे खुट्टाको सल्यक्रिया गरि दिएका छन् ।

गरिव परिवारमा जन्मिएका रेश्मा र गगनले डा.केसी बाट निःशुल्क सल्यक्रिया गर्न पाउदा भगवान भेटे जस्तै महसुस गरेको बताएका छन् ।

जुम्ला खलंगाबाट दुईदिन लगातार पैदल हिडेर मुगु पुगेका डा.केसी चारदिन सम्म अस्पतालमै बिरामीको स्वास्थ्य परिक्षण प्रदान गर्दै ब्यस्त रहेको अस्पतालमा कार्यरत चिकित्सक डबल मल्लले जानकारी दिए ।

शनिबार बिदाको दिन भएकोले डा.केसी अस्पतालमा कार्यरत चिकित्सक स्टाफ नर्सलाई हण्डी रोग र त्यसको उपचारको पद्धति बारेमा दिनभर प्रशिक्षण दिएका दिए । डा.केसी बाट सल्लाह सुझाव पाउदा मुगु अस्पतालमा कार्यरत चिकित्सकको टोली खुशी भएका छन् ।

जुम्लाबाट मुगु पुगेका डा.केसी गमगढी स्थित अनुसाटपमा बास बस्ने बिहान ८ नबज्दै अस्पतालमा पुगेर बिरामीको चेकजाँच सुरु गरेका थिए ।

बिहानको खान नै नखाएर एक गिलास दुधको भरमा बिहान ८ बजेदेखि बेलका ५ बजेसम्म बिरामीको स्वास्थ्य परिक्षण गर्दै समय बिताएको स्वास्थ्य सेवा प्रमुख नगरकोटीले बताए ।

मुगु पुगेका डा.केसी वरपर कतै घुमफिर गर्न गएनन् । फुुर्सद निकालेर कसैसित कुराकानी पनि गरेनन् भने संचारकर्मीसंग पनि नजिक नभई बिहानदेखि साँझसम्म बिरामी हेरफेर गर्दै समय बिताए ।

डडेलधुरा, अछाम, बाजुरा, हुदै हुम्ला अदानचुली गाउँपालिका पुगेर त्यहाँ करिव डेढ सयलाई निःशुल्क स्वास्थ्य परिक्षण गरि फर्किएका डा.केसी फेरि कालिकोट डोल्पा जुम्ला हुदै मुगु पुगेका हुन् ।

वि.सं.२०७७ साउन २६ सोमवार १६:१२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...