back
CTIZAN AD

साउदीमा ज्यान गुमाएका नेपालीका परिवारलाई चार करोड ६४ लाख सहयोग

वि.सं.२०७७ साउन २६ सोमवार

714 

shares

२६ साउन, काठमाडौँ ।वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा ज्यान गुमाएका ९५ जना नेपालीलाई उनीहरु कार्यरत कम्पनीका तर्फबाट रु चार करोड ६४ लाख बराबरको राहत उपलब्ध गराएको छ ।

नेपाली दूतावास रियाद साउदी अरबका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा उक्त देशका विभिन्न स्थानमा कार्यरत रहेका अवस्थामा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकको हकवालाले प्राप्त गर्न सक्ने गरी मृतकको सम्बन्धित कम्पनीले उनीहरुले बुझ्न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लड मनी उपलब्ध गराएको छ ।

दूतावासका अनुसार साउदी रियाल १४ लाख ५४ हजार ६८७ नेपालस्थित कन्सुलर सेवा विभागमा बैंक ट्रान्सफर्मर गरिएको छ । दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई साउदी अरबमा ज्यान गुमाएका नेपाली नागरिकको हकवालाका तर्फबाट त्यहाँका विभिन्न अदालतमा गई दूतावासले बहस पैरवी गर्दै आएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको कारणले सिर्जना भएको असामान्य परिस्थितिका कारण त्यहाँको अदालतका कामकारवाहीसमेत पूर्ववत् सञ्चालन हुन नसकेको र अवस्था सामान्य हुनासाथ स्थगनमा रहेका अन्य मुद्दाको नियमित पैरवी गरिने दूतावासले जनाएको छ । दूतावासले औरही–३ सिरहका प्रदीपकुमार यादव र खोपीचौरु–८ रुकुमका ढाटे बुढाको परिवारलाई भने क्रमशः एक लाख ५० हजार ब्लड मनी उपलब्ध गराइएको जानकारी दिएको छ ।

वि.सं.२०७७ साउन २६ सोमवार २१:१३ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...