back
CTIZAN AD

सार्वजनिक यातायात सञ्चालनमा रोक

वि.सं.२०७७ साउन २६ सोमवार

777 

shares

२६ साउन, काठमाडौँ । सरकारले भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

आज साँझ बसेको नियमित मन्त्री परिषद्को बैठकले १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
बैठकले सार्वजनिक यातायात र हवाइ उडान भदौ १६ गतेदेखि मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नाकाहरुका साथै एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा पनि थप कडाई गर्ने निर्णय पनि गरेको छ ।

यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा आन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबारको बैठकले १५ दिन सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउन तथा सीमा नाकाहरुमा थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको थियो ।

आजै काठमाडौँका स्थानीय निकायको साझा मञ्च उपत्यका नगरपालिका फोरमले पनि कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएको भन्दै आगामी भदौ १५ गतेसम्म सार्वजनिक यातायातमा रोक लगाउन सरकारलाई सुझाव दिएको थियो ।

वि.सं.२०७७ साउन २६ सोमवार २१:४५ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...