back
CTIZAN AD

आन्दोलित हुने अवस्था सिर्जना नहोस् भन्दै हवाई सेवा सञ्चालकले गरे सरकारसँग आग्रह

वि.सं.२०७७ साउन २८ बुधवार

783 

shares

२८ साउन, काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।

सङ्घले आज एक विज्ञप्ति जारी गरी लामो समय हवाई सेवा बन्द हुँदा त्यसले प्रत्यक्ष आश्रित हजारौँ श्रमिकको आयस्रोतसँगै परिवारको रोजीरोटी बन्द भएकाले सञ्चालनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । सरकारले कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि आन्तरिक तथा बाह्य उडान बन्द गर्दै आएको छ । सरकारले यसअघि साउन ५ गते आगामी भदौ १ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान आगामी भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा सञ्चालन नगरिए आन्दोलनमा जान बाध्य हुने सङ्घको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, “आन्तरिक हवाई सेवा तत्काल सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुने भएकाले भदौ १६ देखि हवाई सेवा पुनः सञ्चालन नभएमा बाध्यतावश हामी आन्दोलित हुने अवस्था सिर्जना हुनेछ ।”

वि.सं.२०७७ साउन २८ बुधवार १८:५९ मा प्रकाशित

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...